६५ बर्ष लामो प्रयास र प्रयत्न असोज ३ गते सफलताको शिखरमा पुगेको छ । नेपाली नागरिकहरुले आफुले चुनेका प्रतिनिधिहरुद्धार निर्माण गरिएको संविधान सभा र सोही सभामार्फत निर्वाचित भएका नेपाली नागरिकका छोरा राष्ट्रपति रामबरण यादवले संविधान घोषणा पश्चात नेपालमा गणतन्त्रको संस्थागत सुरुवात भएको छ ।
केही आपत्ती र केही बिमतीहरुका बावजुत दुई तिहाई बहुमतले बिधिवत रुपमा संविधान घोषणा गरिएको छ । यूगमा एकपटक नयाँ दिन आउँछ भनेझै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले नेपालमा स्थायीत्व पाएको छ । गणतन्त्रलाई अव आम नागरिकहरुको आफ्नो भाग्य र भविष्य सँग जोड्ने काममा लाग्नुपर्ने देखिन्छ । संविधानको कार्यान्वय र विधिको शासन तर्फ सवै जिम्मेवार निकायहरु लाग्नुपर्ने देखिन्छ । दैलेखका बासिन्दाहरुले पनि सिमाँकनको बिरोधमा आन्दोलन गर्ने आन्दोलनले केही हदसम्म भएपनि सफलता पाएको छ । भेरी कर्णाली राज्य प्रदान भएको छ तर अव सिमाँकनका आधारमा राज्य छुट्टाउने बेला निकै महत्वपुर्ण स्रोत कर्णालीको भू भाग अर्को प्रदेशनमा जान नदिन र भारतीय नाका जोड्ने जिल्लाको लागि अहिलेदेखि नै नागरिकहरु जागरुक र सचेत हुनुपर्ने देखिएको छ । दुई राज्य र दुई जिल्लाको बिचमा निर्माण हुन थालेको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका कारण पनि सिमा काटिन सक्ने खतराको बारेमा सचेत हुनुपर्ने देखिन्छ ।








