अभियान लाई निरन्तरता देऊ

 दैलेख उद्योग बाणिज्य संघ र नारायण नगरपालीका कार्यालय दैलेखले  प्रत्ये     हप्ताको शनिवार बजार सरसफाई अभियान चलाएको छ । यो आफैमा राम्रो विषय हो । यो अभियानमा साथ दिन प्रत्येक दिनसरकारी कर्मचारी  कर्मचारीहरु बिशेष गरेर नेपाली सेना र नेपाल प्रहरीले शनिवार सरसफाई अभियानमा हातमा झाँडु समातेर बजार सरसफाई गर्छन । र उनीहरुले प्रत्येक घरका घर धनी, होटल संचालक , अन्य पसल गर्ने ब्यपारीलाई भन्छन फोहोर नगर्नु आफुनो ब्यापार ब्यबसाय गर्ने ठाउँ अगाडी फोहोर गर्नु हुदैन भन्दा दैलेखका       ब्यापारीले हुन्छ भन्नको साटो उनीहरुलाई नै फाहोर फाल्न आएको बेला फाहोर यहाँ छ भन्दै देखाउछन ।
दैलेख उद्योग बाणिज्य संघ र नारायण नगरपालिका कार्यालय दैलेखको आयोजनामा हरेक हप्ता गरिने सरसफाई कार्यक्रममा आएका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जनताहरुलाई घर अगाडी फाहोर नगर्न भन्दै सम्झाउदै हिड्नु पर्ने अबस्था कति सम्मको समस्या होला सजिलै अनुमान गर्न सकिन्छ । यहाका ब्यापारीहरु आफ्ुले खाएको थाल समेत अरुलाई धोईदेउ भन्न पनि तयार हुन्छन ।
यो बिडम्बना हो  आफुनो घर अगाडी फोहोर गर्नु हुदैन हेक्का समेत नराख्ने स्थानियहरु । आफ्नो  घरको फाहोर ब्यबस्थापन गर्न समेत अल्छीपन देखाउने    ब्यापारीलाई नारायण नगरपालीका कुनै शब्दको प्रयोग गर्दैन । आफ्नो पसल ब्यवसाय संचालन भएको ठाउमा  निस्केको फोहोर उचित स्थानमा नराखे कार्बाही हुन्छ भन्ने सिकाउन नसक्दा यहाका साना ब्यापारी देखी ठुला       ब्यापारी सम्मले सम्म घर अगाडी ल्याएर फाहोर थुपार्छन ।  यो समस्या हो यहाँका ब्यापारी र घरधनीले घर बाट निस्केको फोहोर बोरामा जम्मा गरेर नगरपालीको को फोहोर उठाउने सवारी साधनमा  हाल्न सके मात्र स्वच्छ र हरियाली नगर बनाउन सकिन्छ ।
घर आँगन सफा गर्ने चलन जिल्लामा कायमै रहेको भएपनि घरको फोहोर नालिमा फाल्ने प्रचलन बढी भएकोले आम नागरिकहरुलाई सचेतना अभियान सँग सँगै लिन सकिएमा यस अभियानले सार्थकता पाउन सक्ला नत्र भने यहाँका ब्यपारीहरुलाई फोहोर नफाल भन्दै    दिन –दिननै भन्दा समेत फोहोर फाल्न भने छोडनेछैनन । त्यसैले यो जिल्ला लाई राम्रो सुन्दर बनाउने जिम्मा हाम्रो हो यसमा हाम्रो पनि दायित्व हुन्छ भन्ने बोध जव सम्म हुदैन त्यहा सम्म ब्यापारी र घरधनीले फोहोर फाल्न छोड्दैनन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार