सबैलाई साथ लिएर अगाडी बढ्नुपर्ने देखिन्छ ।

मुलुकले अहिले पुन– ३८ औं प्रधानमन्त्रीका रुपमा निकै पर्खर वत्ता, अडिक र तेजीला नेता केपी शर्मा ओलीलाई पाएको छ । बिगतका        धेरै ऐतिहाँसिक घटनाक्रमहरुको बिश्लेषण सँगै मुलुकले नयाँ संविधान पश्चात नयाँ प्रधानमन्त्री पाएको छ ।
प्रधानमन्त्री चयन भन्दा अगाडी उठेका बिभिन्न बिषयहरुलाई नयाँ प्रधानमन्त्रीले निकै संवेदनसिल भएर अगाडी बढाउनुपर्ने देखिएको छ । नयाँ प्रधानमन्त्रीलाई निकै धेरै चुनौतीहरु देखिएका छन् । नयाँ संविधानमा देखिएका भिन्न भिन्न असहमतिहरुलाई सहमतिका आधारमा  बढाउनुपर्ने छ , भर्खरै जारी गरिएको संविधानलाई संस्थागत गरेर लैजानूपर्ने छ , तराईमा देखिएको समस्या समाधानका लागि लाग्नुपर्ने छ , मुलुकमा देखिएको नाकाबन्दीलाई झेल्दै अगाडी बढ्नुपर्ने छ, यती मात्र हैन भूकम्पबाट आक्रान्त बनेका दुःखी मनहरुमा मलम पट्टी लगाउनुपर्ने छ । पछिल्ला दिनहरुमा देखिएको राष्ट्रियताको समस्या र परनिर्भरतालाई तोड्दै अगाडी बढ्नुपर्ने देखिन्छ ।
लोकतान्त्रीक पद्धतीमा प्रतिपक्ष र सत्तापक्षको निकै महत्व पुर्ण भूमिका देखिन्छ । हिजो काँग्रेसलाई दुई तिहाई बहुमतमा साथ दिएको एमालेलाई अव प्रतिपक्ष भएको काँग्रेसले समेत  साथ दिनुपर्ने छ भने ओलीले पनि काँग्रेस सँग सहयोग र समन्वयको भुमिका निर्वाह गर्दै मुलुकको संकट समाधानमा हातेमालो गर्नुपर्ने देखिन्छ । हालका प्रधानमन्त्री निकै दुरदृष्टि र पाका नेता भएकोले पनि नेपालले पक्कै पनि केही प्रगती गर्छ भन्नेमा आम नागरिकहरुले विश्वास गरेका छन् । आम नागरिकहरुको विश्वास कायम गर्दै आगामी दिनहरुमा देखिएका असजिलाहरुलाई समाधान गरेर अगाडी बढेमा मात्र नेपाल नेपालीको भाग्य निर्माण हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार