खाद्य संस्थानको चामल गाउ“सम्मको डिपो निर्माणमा ध्यान दिनु

नाकाबन्दीका कारण बिभिन्न जिल्लाहरुमा खाद्यान्न लगायतका भिन्न भिन्न समस्याहरु देखिएपनि  दैलेखमा त्यती धेरै समस्या उत्पन्न नहुनु जिल्लाको लागि निकै भाग्यको कुरा हो ।  अहिलेसम्म दैलेखमा पेटूोलियम पदार्थको समेत पूर्ण अभाव देखिएको छैन । यस मानेमा भन्न सकिन्छ जिल्लामा  नाकाबन्दीको कुनै असर देखिएको छैन । दशै सुरु भैसकेको छ  । घटस्थापनाको दिनसँगै सदरमुकाममा किनमेल चलेको  छ ।  बिशेष गरेर दशै र तिहारमा खाद्यान्नको समस्या हुने पहाडी जिल्ला दैलेखमा यो बर्ष नेपाल खाद्य संस्थानमा रहेको चामल समेत बिक्रि नभएपछि गोदाममै थन्किएको छ । अहिले खाद्य संस्थानको दैलेख शाखा कार्यालयमा अरुवा मोटो र मध्यम गरेर २ हजार क्वीन्टल चामल स्टक छ । मोटो चामल ३६ र मध्यमको ३९ रुपैयाँ पचास पैसामा बिक्रि भनिएपनि गाउँसम्म अन्य व्यवसायिकहरुले पुर्याएको चामलको मुल्य बरावरी भएपछि संस्थानको चामल बिक्रि नभएपछि जिल्लामा अँझै दुई महिनासम्म खाद्यान्न सुरक्षीत भएको मान्न सकिन्छ ।
बजारमा पाईने चामको मुल्य र संस्थानमा पाईने चामलको मुल्य एउटै भएपछि चाम बिक्रि नभएको खाद्य संस्थानले बताएको छ । गाउँका अधिकाँस अन्य स्थानहरुमा सहज यातायात पुग्न नसक्नु र डिपोहरु गाउँमा नहुनुले पनि सदरमुकामको चामल बिक्रि नभएको देखिन्छ । अन्य पसलहरुमा बिक्रि गरिने मुल्यसँग प्रतिश्पर्धा गर्नुपर्ने एउटा चुनौती संस्थानलाई रहेको छ भने गाउँघर सम्म पुर्याउने ढुवानीको व्यवस्थापन गर्न सकेमा जिल्लाका दुर्गम गाउँहरुमा सहजै र सस्तो मुल्यामा खाद्यान्न पुग्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार