नेपालको राजनीतिमा बेला बेलामा देखिने भिन्न भिन्न उत्तार चढाव सँगैका भिन्न भिन्न बहस र आन्दोलनहरुले नयाँ तरंगहरु पैदा गरिरहेको हुन्छ । नेपालमा संविधान जारी भएको कुरासँगै छिमेकी मुलुक भारतको टाउको दुखाईको बिषयलाई अहिले बिभिन्न कोणबाट ब्याख्या र बिश्लेषण गरिदै आएको छ । हुँदा हुँदा छिमेकको चाहना भन्दा फरक तरिकाले राष्ट्रपतिको चुनाव भएको भन्ने बिश्लेषणलाई अवको राज्य संचालनको महत्वपुर्ण जिम्मेवारी पाएको एमालेले कसरी नेपाल र नेपाली जनताको भाग्य भविष्य उज्जवल बनाउने हो मुख्य चुनौती एमालेको काँधमा देखिएको छ ।
मधेसमा देखिएको आन्दोलनका कारण नेपालीहरुको महान पर्व बिजया दशमी समेत खल्लो तरिकाले सम्पन्न भएको छ । अव छट सँगै तिहार जस्ता महत्वका चाडबाड अनि नेपालमा देखिएको राजनीतिक परिवर्तनले देशलाई संबृद्ध बनाउन तर्फ अग्रसरता दिनुपर्ने देखिएको छ । देश संकटमा परेको बेलामा बेतुकको आन्दोलन गरेर झनै देशलाई कमजोर हैन बिशेष अधिकार सहितको माग गर्नुपर्ने आन्दोलनकारीहरुले देशको कुनै भू भाग मागेको भन्ने बहस र बिश्लेषणले नेपालका राजनेताहरुले एकपटक गम्भिर हुनुपर्ने देखिएको छ ।
अहिले नेपाल र नेपालीहरुले राष्ट्रियताको चिन्ता गरिरहँदा अव सोच्नुपर्ने बेला आएको छ हामी नेपालीहरुलाई किन परनिर्भर बनाईएको रहेछ बिगतदेखि । आव तराईको आन्दोलनलाई बिशेष अधिकारको कुरा सरकारले पुरा गर्नुपर्दछ र सरकार असहजतामा छ भन्दै देश टुक्राउने खालको अभिब्यक्ति दिने वा लिनेहरुका बारेमा सरकार कडाईका साथ अगाडी बढ्नुपर्ने देखिएको छ ।अव देश खोस्ने होईन अधिकार खोस्ने तर्फ लाग्नुपर्ने देखिन्छ ।








