खुलेआम कालो बजारी कहिलेसम्म

नाकाबन्दीले देशलाई संकटमा पारेको छ । देशका सवै नागरिकहरु यसको मारमा परेका बेला देशको लागि हामीले के दियौं । अफ्ठेरोमा परेका बेला कस्तो सहयोग गर्र्यौं भन्ने कुराको खोजी भैरहँदा एक लिटर पेट्रोलमा १ सय रुपैयाँ बढी लिएर आगामी दश बर्षसम्मको लागि तितो सम्झना साँच्नुपर्ने व्यवहारको कुरा मनस्थिती र सोचभित्र पर्ने कुरा हो ।
हुन त यस्तो बेलामा धेरैको मुखबाट सुनिदै आएको छ । देश रोएको बेला हामिले हाँसेर हैन सक्दो एकआपसमा भाईचारा, सामाजिक सद्भाव लगायतका कामहरु गर्नुपर्दछ ।
एक लिटर डिजेल र पेट्रोल नपाएर कोही मान्छे साँच्चिकै अफ्ठेरोमा परेका बेला उसलाई रकम ठूलो हुँदैन तर यही अवसरलाई कालो बजारीका रुपमा बिकास गरेर क्षणीक फाईदा लिने अधिकार कुनै पनि कानुनमा उल्लेख गरिएको छैन  । मात्र यती हो देश संकटमा परेका बेला उच्च सद्भाव कायम राख्नुपर्छ । जिल्ला प्रशासनको सिफारिस लिएर तेल ल्याउने र महंगोमा बिक्रि गर्ने देखि पेट्रोलमा मिसावट गरेर महंगोमा बिक्रि गर्नेहरुलाई प्रशासनले निगरानी गर्न नसक्नु बिडम्बनाको कुरा हो ।
समाचार प्रकाशन भएपछि संचारकर्मीसँग तेल बेच्नेको नाम माग्ने काम सम्वन्धित निकायले गर्नु भनेको निकै लाजमर्दो कुरा हो ।
खुलेआम देखिएको कालोबजारी बन्द   गर्नुपर्दछ । जनताहरु छैन भनेपछि बिकल्प खोज्न सक्ने क्षमता राख्छन् तर सरकारी दररेट वा यो र त्यो बाहनामा ल्याएको तेलमा कालोबजारी गरेको सहन सक्दैनन् ।
राम्रो वा आफुसँग भएका बस्तुहरुको उचित मुल्य सँगै समझदारी र भाईचारा कायम गर्नु अहिलेको आवश्यकता हो । भारतीय नाकाबन्दी अवसरलाई कमाऊ धन्दामा प्रयोग नगरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार