पछिल्लो परिस्थितीको मुल्याँकन गर्ने हो भने हरेक गाउँमा पुग्ने बिकासमा पारदर्शीता कायम गर्ने, साना देखि ठूला सवैखाले समस्याहरुलाई स्थानीय संचार माध्यामहरुमा प्रकाशन र प्रसारण गर्ने कुरामा केही बृद्धि भएको छ । जिल्लामा महिला पत्रकारहरुको निकै अभाव देखिएका बेला स्थानीय सरकारको जवाफदेहिता अभिबृद्धि परियोजना दैलेख ईकाले बिगत एक बर्ष अघिदेखि स्थानीय स्वयंसेवीकाको रुपमा महिला पत्रकारहरुलाई तालिम लगायतका विभिन्न सहयोग गर्दै गाउँ – गाउँमा पत्रकारिताको बिकासमा निकै मद्धत गरेको देखिन्छ ।
गतबर्ष ५५ गाविसबाट आधारभुत पत्रकारिता तालिम प्रदान पश्चात यो बर्ष पनि पुनः २५ जना सहभागिताई तालिम प्रदान गरिएको छ । गाउँमा निश्वार्थ भावले सामुदायिक स्वयंसेवकका रुपमा काम गर्दै आएका युवतीहरुलाई सामाजिक जवाफदेहिता र आधारभुत पत्रकारिता सम्बन्धि क्षमता अभिवृद्धि तालिमले पक्कै पनि गाउँमा हुने बिभिन्न खाले अपारदर्शीताका घटनाहरुमा कमि आउने देखिएको छ भने सामाजिक जावफदेहितामा बृद्धि हुदै गएको छ । गाविसका हरेक बजेटहरुको लेखा जोखा गर्ने, काममा गुणस्तरीयता कायम गर्ने महत्वपुर्ण निकायको रुपमा स्थापना गरिएको नागरिक सचेतना केन्द्रको सशत्तिकरणका लागि सामुदायिक स्वयंसेवकको महत्वपुर्ण भुमिका रहने भएकोले तालिम पश्चात झनै शसक्त भएर गाउँमा सुशासन अभियान संचालन हुने संभावना देखिएको छ ।
बिगत दुई तीन बर्ष अघि सम्म सार्वजनिक सुनुवाईलाई कागजी रुपमा मात्रै देखाईन्थ्यो भने आजभोली व्यहारीक रुपमै लागु गर्न थालिएको छ । गाउँमा आएको रकमको पुर्ण रुपमा खोजी गर्दै जन लेखा परिक्षण, सार्वजनिक सुनुवाई, खर्चको सोधखोज गर्ने अभियानमा तीब्रता आएको छ ।
गाउँमा हुने यस्ता धेरै गतिविधिहरुले पक्कै पनि जिल्लामा गरिने सवै बिकास गतिविधिहरुलाई दिगो रुपमा संचालन गर्न मद्धत पुगेको छ भने पारदर्शीता अभियान बढेको छ ।








