जिल्लाकै बेईज्जत जस्तो भयो ?

    एकजना समाजका सचेत युवाले एउटा पत्रमा उल्लेख गरेको कुरा धमाका दैनिकले पाठक प्रतिक्रियामा उल्लेख गरेर केही हदसम्म दैलेखका सवै सचेत नागरिकहरुलाई दिन खोजेको सन्देशले धेरै कुरा सिक्ने अवसर प्रदान गरेको छ ।
देशलाई समस्या पर्दा हामीले गर्नुपर्ने   कर्तब्य , हाम्रो दायित्व र हाम्रा क्षमताले भ्याएसम्म गर्नुपर्ने योगदानवारे संक्षेपमा स्पष्ट पारिएको छ । देशलाई घाँटी अँठ्याँउँदा आम नागरिकहरुको घाँटी अँठ्ठीएको छ । भारतको मोदी सरकारले  नेपालमाथि अघोषित नाकाबन्दी गरेको परिणाम बिहार चुनावले देखाई सकेको सन्र्दभलाई मात्र नेपालको राजनीतिक परिवेश सँग तुलना गर्न नमिल्ने होला तरपनि रुख ढल्ने र हावा चल्ने पालो भनेझै नेपालबाट गएका लाखौं मानिसहरुले भारतको रासन कार्ड समेत प्राप्त गरिसकेकाछन् । नेपाल जस्तो भू परिवेष्ठित मुलुकमा लगाईएको नाकाबन्दीमा पक्कै पनि भारतमा रहेका नेपालीहरुको मन रोयो होला त्यसैले कतिपयले मतदान नगरेपनि होलान यो सामान्य बिश्लेषण मात्र हो ।
शंका गरिएको कुरा महीनावारी तलव खाएर देश बिक्रि गर्नेहरु, ठूला ठूला योजना र आयोजनाहरुबाट कमिशन खाएर राष्ट्र र राष्ट्रियता दाउमा लगाउनेहरु यस्ता खालका गतिविधिहरुमा पनि हाम्रो बाध्यता र गरिवी जोडीदैन् । पक्कै पनि गरिवी नेपालमा छ तर देशलाई दाउमा राखेर गरिने कतिपय क्रियाकलापहरु आगामी दिनहरुमा कोही कसैबाट हुनेछैनन् भनेर अव कामना गर्नुपर्ने देखिन्छ । मुख्य कुरा राष्ट्रिय चिन्ताको बिषय हो अहिलेको सरकार सँग यदी स्वाभिमान छ भने दैलेख, अछामको सिमाना हुँदै बगेको कर्णाली नदिमा निर्माण हुन थालेको ९ सय मेगावाट बिजुली निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी जिएमआरको काम तत्काल  रोक्ने र नेपाल सरकारले आफै निर्माण गर्ने जिम्मा लिनुपर्ने तर्कलाई भने सरकारले गम्भिर रुपमा सोचनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार