बुधबार प्रमुख तीनदल र मधेसी मोर्चाबीच वार्ताको तयारी हुँदै गर्दा मधेसी मोर्चाका शिर्ष नेताहरु ढल्केबर तर्फ झरेपछि बुधवार हुने भनिएको निर्णायक वार्ता पनि हुन सकेन वार्ताको तयारी गदै मोर्चाका नेताहरु मधेश झरेर जनता उस्काउने काम गर्नु वार्ता तर्फ सरकार भन्दा पनि मोर्चाका नेताहरु गम्भिर नभएको देखिएको छ । मधेस आन्दोलन मधेसी मोर्चाकै आहृवानमा सुरु भएको हो र मोर्चाका नेताहरुलाई नै नेता मानिएको छ तर मोर्चाका नेताहरु काठमाण्डौमा पाँच तारे होटलमा बस्ने आन्दोलनमा गरिव र निमुखा जनतालाई होमि दिने मोर्चाका नेताहरु वार्ताका नाममा महिनौ दिन सम्म राजधानीमा बसेर कुनै निकास दिन नसक्ने भएको हुदा अवको मधेश आन्दोलन दिन दिनै घट्दै गएको देखिन्छ ।
राष्ट्रभाव, राष्ट्रिय अखण्डता र सार्वभौमसत्तालाई सर्वोपरि ठानेर विकल्पको खोजी गरेर अगाडि वढ्ने कि भारतसामु लम्पसार परेर नाकावन्दी खोल्ने भन्ने मा सरकारको दुई विकल्प मात्र वाकी छ । विगतदेखि नेपालमाथि आफनो व्यापारको विस्तार गरेर एकाधिकार लाद्दै आएको भारतसँग सम्बन्ध तोडेर चीनसँग हात वढाउँदा देश र जनताले झन अफ्ठयारो अवस्था सामना गर्नुपर्ने देखिन्छ । राष्ट्रियताको सबालमा दह्रोसँग उभिएको नेपाल सरकारको यो अडानले देश र जनतालाई कहाँ पु¥याउने हो भन्ने विषयले अहिले प्रवेश पाएको छ । विकल्पबिना स्वाधिनता र सार्वभौमसत्ता नेपाल र नेपाली मात्र भनिरहँदा पनि अत्यावश्यक औषधी जस्ता वस्तुको अभावले जनताको स्वास्थ्यमा पुगेको असरले सरकार अलमलमा परिरहेको छ । त्यसमा सरकारको बेलैमा ध्यान जाओस् ।








