दैलेखकी चेलीले पहिलोपटक स्थानीय विकास राज्यमन्त्री जस्तो गरिमामय पद सम्हाल्न पाउनु आम दैलेखका बासिन्दाहरुको लागि खुशिको कुरा हो । स्थानीय बिकास मन्त्री दैलेखकै चेली भएकोले यतीवेला जिल्लाका आम नागरिकहरुमा बिकासको मोह पलाएको छ । यो स्वभाविक पनि हो । जिल्ला विकास समिति दैलेखमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले जिल्लाको बिकासका लागि निकै महत्वपुर्ण र दिर्घकालिन योजना बनाएको बताएपनि योजना कस्तो छ भनेर बताउन चाहिनन् ।
स्थानीय निकायहरुको बिकास पद्धतीमा भएका भिन्न भिन्न समस्याहरु चिर्नको लागि गत बर्षदेखि दैलेखले जिल्लाकै स्थानीय बिकास अधिकार पाएको छ यो पनि गौरवको बिषय हो । पछिल्ला बर्षहरुमा जिल्ला बिकास समिति दैलेखले गरेका गतिविधिहरुमा पारदर्शीता, दिगोपना देखिएको छ । यसलाई अँझै दिगो रुपमा संचालन गर्नका लागि र दैलेखको भविष्य अँझै उज्जवल बनाउनका लागि स्थानीय बिकास राज्मन्त्री समेत जिल्लाले पाएको हुनाले दैलेखका बिकासका संभावनाका ढोकाहरु अँझै खुल्दै गएका छन् ।
तत्कालिन रुपमा दैलेखमा देखिएको मध्यपहाडी राजमार्गको बिवाद समाधान गरेर यसको निकास निकाल्न जरुरी छ । दैलेख महावु हुँदै जुम्लासम्म जोड्ने सडक बिस्तार, जिल्लामा सभागृह र सुर्खेत दैलेख सडक फराकिलो पार्ने काममा नीतिगत बजेट बिनियोजन गरि कामलाई तीब्रता दिन सके जिल्लाका आम नागरिकहरुले स्थानीय विकास राज्यमन्त्री कदमलाई सम्झिरहने हुन सक्छ ।
राज्यका समस्यासँगै जिल्लाका समस्याहरु समाधानमा मन्त्रीको पहिलो ध्यान जानुपर्ने देखिन्छ ।








