सर्व सम्मत नेतृत्व चयन गर

प्रेस चौतारी नेपालले विभिन्न घटनाक्रममा निकै महत्वपुर्ण भुमिका खेल्दै आएको छ । यस संगठनलाई थप मजबुद र शक्तिशालि बनाउने उदेश्यले केन्द्रदेखी जिल्ला सम्म संगठन विस्तार रहेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा दैलेखले जिल्ला देखी केन्द्र सम्म सशक्तरुपमा आफ्नो उपस्थिति जनाउदै संगठनलाई थप जिम्मेवार बनाउदै गर्दा पछिल्लो समयमा यस संगठन भित्र देखिएको झिना मतमतान्तर रहेपनि जिल्ला अधिवेश सम्पन्न गर्दै नया नेतृत्व चयन हुने प्रक्रियामा रहेको छ ।
नेतृत्व चयन प्रक्रिया एक महत्वपुर्ण र निकै चुनौतिपुर्ण अवस्था हो , नेतृत्व चयनमा निर्वाचन प्रजातान्त्रिक प्रकृया हो तर दैलेखको हकमा यसको अभ्यास गर्न सकिदैन । निर्वाचनमा गई सके पछि पक्ष बिपक्षमा उभिनु पर्ने बाध्यता रहन्छ जसका कारण हाम्रो एकता र भाईचारामा खलल पुगेको बिगतको ईतिहास सांक्षि छ । प्रेस चौतारी जस्तो गरिमामय संगठन बास्तवमा सबैको एक मत भएको संगठन बनाउने हो भने प्रत्यक्ष मतदानको बिकल्प खोजिनु पर्छ । सर्व सहमतबाट नेतृत्व चयन गर्न सकियो भने सबैको अपनत्व          रहन्छ र भोलि नेतृत्वमा रहेकाहरु पनि सम्बन्धित सबै प्रति जवाफदेहि रहन्छन ।             संगठनको एकतालाई कायम राख्न र भै परि आउने समस्यालाई समाधान नेतृत्व चयनमा सर्व सम्मत प्रकृया अपनाउनु नै बुद्धिमता  देखिन्छ । यदि सहमतिको प्रयास बिफल भएमा सहमति गर्ने पक्ष ईमान्दार नदेखिनु नै प्रमुख कारण हुन जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार