मर्यादा भित्रको पत्रकारिता गर्नुपर्छ

    बिगत ७ बर्ष पहिले दैलेखमा गरिएको पत्रकारिताको उँचाई साँच्चै लोकप्रिय थियो,
साँच्चै मनछुने र बास्तविकताको खोजी भित्र गरिदै गरेको पत्रकारिताको उकाली अनुभव संगाल्ने अवसरको रुपमा नेपालमा मात्र हैन विश्वमाझ देखिएको थियो ।
तत्कालिन द्धन्द्धमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको शव खोज्न मुखमा पट्टी बाँधेर द्धारी खोलाको उकालो लाग्न सक्ने   पत्रकारहरु आज दिक्क मानेर पेशा प्रति नै बितृष्णा पोख्ने गरेका छन् । जुन रुपमा विगतका ७ बर्ष यताका गतविधिहरुले दैलेखमा    पत्रकारिताको सक्रियता देखिएको थियो २ –३ बर्ष यता भित्र – भित्र दैलेखको पत्रकारिता कमजोर हुँदै गएको छ ।
आपसी मनमुटाव र व्यक्तिगत रिसिवी तर्फ लाग्नु नहुने पत्रकारिताको मर्यादा हो तर कतिपय स्थानहरुमा आफ्ना मर्यादा र आचारसंहिताहरु समेत भुलेर , आक्रोश र तिक्तताको भरमा गरिएको पत्रकारिताले कसैलाई पनि भलो भएको देखिदैन् ।
लाखौं बर्षसम्म पनि बिर्शन नसकिने गतिलो शाहस देखाएका दैलेखका केही पत्रकारहरुले अहिले अल्छी मान्नुपर्ने अवस्था आउनु पक्कै पनि जिल्लाको पत्रकारिता बिकासका लागि ठूलो घाटा हुन सक्ने देखिएको छ ।
जिल्लामा सक्रिय रुपमा पत्रकारितामा लागिरहेका पत्रकारहरुले विगतमा भएका कमि कमजोरीहरुलाई सुधार गर्दै आगामी दिनहरुलाई दैलेखले गरेको योगदानको कदर सँगै जिल्लाका नेतृत्वहरु केन्द्र सम्म पुग्ने सहज बाटो तय गर्दै मर्यादा भित्रको पत्रकारिताका लागि एक कदम अगाडी बढ्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार