भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्वन्धी विधेयक बहुमतले पारित भएपछि अव पिडितहरुका लागि राहत र पुर्नस्थापनाको बाटो सहज भएको छ । विनाशकारी भूकम्प गएको झण्डै ८ महिनापछि विधेयक पास भएसँगै पुनर्निर्माण प्राधिकरण गठनको बाटो खुलेको हो अब पुनःनिर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने देखिएको छ । पुषको महिनामा जाडोका कारण निकै समस्यामा परेका पिडितहरुको राहतका लागी धेरै बाटाहरु खुल्ला भएका छन्. ।गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पले आठ हजार ८ सय८९ जनाको मृत्यु भएको थियो । करिब आठ लाख घर तथा आवासमा क्षति भएको छ । सरकारले अबको केही दिनमा प्राधिकरण गठन गरेर काम थालनी गर्नुपर्ने छ ।
मानवीयतासँग जोडिएको कुराको लागि पनि प्रतिपक्षमा रहेको काँग्रेसले अवरोध सृजना गरेपछि मुलुभरबाट काँग्रेसले समेत चर्को बिरोध खेप्नुपरेको थियो ।
सरकारको नेतृत्व गरिरहेको एमालेले सीईओ आफैंले राख्ने वा काँग्रेस सरकारको बेला गरिएको कुरा निरन्तरता दिने भन्ने कुराको टुँगोमा पुग्ने बिषयलाई लिएर देखिएको समस्याले गर्दा पनि बिद्येयक पास गर्नमा काँग्रेसले अवरोध गरेको भएपतापनि अन्तत सीईओ एमालेलेनै राख्ने बताएको छ । भूकम्प पीडितको पीडामा राजनीति गरेर रोकिएको विद्येयक पास भएपछि अव तत्काल सरकारले पिडितहरुको घाऊमा मलम पट्टी लगाउने काम गर्नुपर्ने देखिन्छ ।








