फोन बार्तामा मख्ख पर्ने नेपालका नेतामा दिर्घकालिन सोचको खाचो

    नेपालमा परिवर्तनको उपजको रुपमा हात परेको लामो समयको नाकाबन्दी पुनः केही सहज हुने संकेत देखिएको छ । नयाँ बर्ष २०१६ को आगमन सँगै छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री के.पी. ओलीको फोन बार्तालाई नेपालको सहजताको रुपमा बिश्लेषण गरिएको छ ।
भारतले नेपालका जारी गरिएको संविधान प्रती असन्तुष्ट पोख्दै स्वागत समेत गरेन, यो सँगै उपहारको रुपमा नाकाबन्दीलाई प्रोत्साहन       गरियो कारण तराईको आन्दोलन बन्यो । नेपालमा हुने जस्ता सुकै साना ठूला परिवर्तनहरुमा बिगतदेखि भारतसँग सल्लाह गरेर काम गरिदो रहेछ भन्ने कुरा यो बर्षको परिवर्तनसँगैको घटनाक्रमले देखाएको छ । यसपालि पनि सोधपुछ गरेर अनुकुल प्रतिकुल भन्दा पनि जसरी भएपनि संविधान      जारी गर्ने निश्कर्षमा नेपालका नेताहरुले देखाएको शाहसको भने राष्ट्रियदेखि अन्तराष्ट्रिय रुपमै चर्चाको बिषय समेत बनेको छ ।
तीन चार महिनाको लामो सकस पछि पछिल्ला दिनहरुमा भारतले नेपालप्रतीको सम्बन्ध सुधार गर्ने अभियान थालेको देखिएको छ ।  अभियान वनावटी हो वा साँच्चिकै हो त्यसका लागि अँझै केही दिन कुर्नुपर्ने देखिएको छ ।
अर्को छिमेकी मुलुक चिनले २ पटक सम्म अनुदानमै अरबौंको पेट्रोलियम पदार्थ  दिईरहेको छ र नेपालका नेताहरुलाई भनिरहेको छ साँच्चिकै छिमेकीले अफ्ठेरोमा परेका बेलामा मात्रै साथ दिन्छ र सहयोग गर्दछ । चिनले देखाएको सद्भावलाई दिगो रुपमा व्यापार सम्झौताका रुपमा बिस्तार गर्ने अभियान मन्त्रीस्तरबाटै हुनुपर्ने जनआँकाँक्षा बढेको छ भने भारतको सम्बन्ध थप सुधार गर्दै देखिएका साना तिना समस्या समाधानमा लाग्नुपर्ने आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार