बिगतदेखि नै रमाईलो पाराले साझा र गम्भिर समस्याहरु सबैलाई समाधान गर्नका लागि तिखो बोली बोल्ने के.पी ओली प्रधानमन्त्री भैसकेपछि गम्भिर हिसावले बोलेका कुरालाई समेत हल्का तरिकाले बिश्लेषण गरिएको बिषयले अहिले चर्चा पाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपबाट ग्यास पु¥याउँछु भन्दा कतिपय संचार माध्यामहरु र सामाजिक संजालहरुमा निकै मजाक जस्तो गरेर प्रतिक्रियाहरु समेत आएका छन् । बिगतदेखि नै राष्ट्रियताको बारेमा अलि धेरै चिन्ता गर्ने प्रधानमन्त्री ओलीले नेपालीको शिर झुक्ने काम नगर्ने बताउँदा धेरैलाई अपच भएको जस्तो देखिएको छ ।
नेपालले नाकाबन्दीको समस्या अहिलेदेखि होईन बिगतका धेरै बर्षदेखि भोगेको छ । छिमेकको चाहना पुरा नभए नाकाबन्दीको समस्या नेपालीहरुले भोग्नुपरेको छ । बिगतदेखि सरकार चलाउनेहरु र प्रधानमन्त्री भएकाहरुले कुनैपनि ठोस कार्य योजना ल्याउन नसकेका वेला अहिलेका प्रधानमन्त्री केपी ओलीले कमसेकम दिगो रुपमा नेपालको समस्या समाधान गर्ने महत्वपुर्ण कुराहरुको निर्णय गर्ने तयारीमा छन् । यो महत्वपुर्ण कुरा हो । छिमेकी मुलुक चिन सँग दिगो व्यापार सम्झौता गर्नु नराम्रो हो । नेपालका पहाडहरुमा वेगले चल्ने हावाको सदुपयोग गर्नु नराम्रो कुरा हो ? नेपालभित्रै रहेका पेट्रोलियम पदार्थहरुको उत्खनन् गरेर घर घरमा ग्याँसको पाईप जोड्ने योजना ल्याउनु के नराम्रो हो । यहाँ बिश्लेषण गर्नुपर्ने बेला आएको छ । पाँच बर्ष पछि भएपनि दिगो समस्या समाधान हुने योजना ल्याएका प्रधानमन्त्री ओलीको कुरा नेपाल र नेपालीहरुका लागि पक्कै पनि भविष्यमा राम्रो हुने छ ।








