दैलेखको पर्यटन बिकासका पाच आधारहरु

    दैलेख पर्यटन बिकासको दृष्टिले निकै महत्वको जिल्ला भित्र पर्दछ । दैलेखमा रहेको ऐतिहाँसिक महत्वका बस्तुहरु, धार्मिक, पुरातात्विक बस्तुहरु, डुँङ्गे देवहरु कलात्मक मुर्ती, बिभिन्न जातजातीको उद्गम स्थलहरु लगायतका बिषयहरु दैलेखको मुख्य पहिचानका रुपमा अगाडी बढेका छन् । यतीमात्र हैन् दैलेख चिनाउने विभिन्न बिषयहरु अहिलेपनि ओझेलमै परेका छन् । यस्ता धेरै बिषयहरु दैलेखमा हुँदा हुँदै पनि दैलेखमा अहिलेसम्म ठोस रुपमा पर्यटन भित्राउने आधारहरु तय हुन सकेका छैनन् ।
विगतदेखि अहिलेसम्म बिभिन्न बेलामा दैलेख काठमाण्डौं, लुम्बिनी पछिको तेस्रो महत्वपुर्ण क्षेत्र भनेर भनिदै आएको भएपनि राज्यले अहिलेसम्म दैलेखको ऐतिहाँसिकता बुझ्न सकेको छैन् । यसका लागि जिल्लाका नागरिकहरुले दैलेखको पर्यटन बिकासका लागि ठोस आधारहरु र पर्यटनका लागि बिभिन्न भिषयहरुको गोलमोटल कुरा आगाडी बढाएर जानुभन्दा बिभिन्न क्षेत्रहरुको फरक फरक पहिचान सहित अगाडी बढ्नुपर्ने देखिएको छ ।
प्रथम कुरा दैलेखको पंचकोशी क्षेत्रको लागि मात्रै एउटा अभियान थाल्नुपर्दछ । दोस्रो नेपाली भाषाको अहिलेसम्मको जीवीत ईतिहाँसलाई हामिले उठाउनुपर्दछ । तेस्रो कुरा बिभिन्न जातजातीको उद्गम स्थलको रुपमा रहेको दैलेखका बिभिन्न स्थानहरु आफ्नो उत्पती थलो भनेर मानिसहरु खोज्दै आउने बातावरण तयार गर्नुपर्दछ । चौथो कुरा धार्मिक पर्यटनहरुका लागि गतिलो गन्तब्य दैलेख सदरमुकाम, पंचकोशी यात्रा, यहाँ रहेका कोतगढी र डुँङ्गे देवलहरु अनि सदरमुकाम देखि ४ हजार २ सय मिटर उचाईमा रहेको महावु धामको मेला सँगै मानसरोवर सम्म पुग्ने पैदल मार्ग अनि अन्तिम कुरा हामिसँग रहेका निकै    पुराना कला सँस्कृतिहरु जसको संरक्षण हुन सकेको छैन् त्यस्ता कुराहरुको संरक्षण, प्रर्वद्धन र प्रचार प्रसार सँगै राज्यको माथिल्लो निकायबाट दैलेखलाई पर्यटकिय क्षेत्र घोषणा तबमात्र हाम्रो जिल्लामा आन्तरिक र बाह्य पर्यटकहरु आउनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार