जिल्लामा बैकहरुको प्रभाव दैलेख हिजो र आज

    नेपालमा भएको दश बर्षे जनयुद्धले केन्द्रिकृत गरेको व्यापार र व्यवसाय आजभोली फैलदै गएको छ । बिश्व एउटा गाउँ हो भन्ने सताप्दी सुरु हुँदै गर्दा दैलेख जिल्लामा पनि हिजो र आजमा धेरै फरक पनहरु देखिएका छन् । करिव २०६१ ÷०६२ देखि आज सम्मको एक दशकलाई मात्र केलाउने हो भने जिल्लामा धेरै परिवर्तनहरु भएका छन् । सडक संजाल सँगै जिल्लाका कुना कुनामा व्यापारिहरु पुग्न सफल भएका छन् । अधिकाँस दैलेख सदरमुकामबाट केन्द्रित हुने व्यापार व्यवसायको क्षेत्र फैलिएको छ । द्धन्द्ध पश्चात आएको शान्ति र त्यो सँगैको परिवर्तनले दैलेखमा आर्थिक क्षेत्रमा पनि निकै ठूलो परिवर्तन गर्न सफल भएको छ ।
बाणिज्य बैक सँगै जिल्लामा रहेका      करिव दुई दर्जन बैकहरुको स्थापनाले पनि लगानीमा सहजता आएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा लगानीको बातावरण सृजना भएपछि धेरै सहजता महसुस भएको छ । घरकर्जा, व्यापार, कृषि, व्यक्तिगत कर्जा, राष्ट्रसेवक कर्मचारीहरुका लागि प्रवाह गरिएका बिभिन्न कर्जाहरुले पनि यहाँको व्यापार व्यवसायमा सहजता भएको छ ।
दश बर्ष अघि जुम्लाको एकमात्र व्यापारी केन्द्र सँगै खच्चड घोडामार्फत गरिने करोडौंको व्यापार हुने प्रमुख केन्द्र दैलेख सदरमुकामको व्यापारमा आजभोली गिरावट आएको छ । केही ठूला व्यपार व्यवसाय बाहेक दैलेखको सिमानामा पर्ने कालिकोट, जाजरकोट र जुम्लाका केही गाविसहरु बाहेक अन्य क्षेत्र विस्तारमा दैलेख महावु हुँदै जुम्ला जोड्ने सडकको विस्तार प्रमुख मुद्धा बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार