प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक भएको चर्चा परिचर्चा भैरहेका बेला भ्रमण सकेर नेपाल फर्कने बित्तिकै भारतका नाकाहरुमा पुनः समस्या देखिन थालेपछि फेरी नयाँ चिन्ता र चासो नेपाली जनमासमा देखिन थालेको छ ।
अहिले एमालेका जिम्मेवार नेताहरुले चिन भ्रमण निकै उलब्धि हुने बताएका छन् । नेपाल चिन र भारतको नजिकको छिमेकी मुलुक भएका कारण दुवै छिमेकी देशहरुबाट हुने बिभिन्न व्यापारिक सम्झौताहरुलाई देश हित अनुसार अगाडी बढाउनुपर्ने सुझाव बिज्ञहरुले दिन थालेका छन् । भारत भ्रमणका बेला पुराना र बाँकी रहेका कतिपय कामहरु पुनः थालनी गर्ने समझदारीहरु भएको चर्चा र परिचर्चा सँगै अव हुने चिन भ्रमणले नेपाल हुने विभिन्न समस्याहरु समाधानका लागि दिगो व्यवस्थापन हुन सक्ने आशा समेत गरिएको छ ।
चिन भ्रमणका क्रममा पारवहन सम्झौता, बाणिज्य सम्झांैता, दिर्घकालीन उर्जा सम्झौंता र वोडरमा कनेक्टीभिटी बढाउने गरी सम्झौंता गरिने चर्चा नेताहरुल गरेका छन् ।
सत्ता साझेदार दलहरु र तराईको लगातारको आन्दोलनको औचित्य र मर्म बुझ्नुपर्ने मदेसका नेताहरुको माग भारत भ्रमणले सम्बोधन गरेको छ या छैन भन्ने कुरा तराई आन्दोलनको नेतृत्व गरेका दलहरुको बैठक पस्चात आउने निर्णय पछि मात्र बिश्लेषण गर्न सकिने देखिन्छ ।








