सुशासन कायम गर्न जिम्मेवार निकायको कार्यशैली परिवर्तन गर्नुपर्छ

सुशासन निकै सान्र्दभिक शब्द हो । अशल शासन, अशल आचरण यस्ता कामहरु कुनै सरकारी कर्मचारीको लागि मात्र हैन आम नागरिकहरु सफल हुनका लागि आवश्यक पर्ने महत्वपुर्ण कुरा हो सुशासन ।
जनताको विकास पाउने अधिकार सुनिश्चित गर्न, विकासका हरेक अबसर समान रुपले नागरिक समक्ष पु¥याउन, नागरिकलाई विकास प्रक्रियामा अभिरुचीका साथ सहभागि गराउन, नागरिकले अपेक्षा गरेका विकासका विषयहरुलाई विकास प्रदायक निकायहरुबाट निश्चित प्रक्रियाद्धारा सम्बोधन गर्न सरकारले बिभिन्न नीति नियम र नियमावली लागु गरि कार्यान्वयन गर्न सवैलाई निर्देशन समेत दिएको छ ।
जिल्लामा हुने हरेक बिकासका गतिविधिहरुमा संलग्न भएका निकायहरु देखि बिकासको साझेदारी र त्यसको दिगोपनाका लागि निगरानी राख्ने निकायहरुको दिमागमा सुशासन सब्द घुसेपछि मात्र बिकासमा पारदर्शीता र दिगोपना हुने देखिन्छ । कुनै एकजना व्यक्तिले मात्र अभियान सार्थक बनाउन नसक्ने भएकोले वडा देखि जिल्ला सम्मका सचेत नागरिकहरुले यसवारे वकालत गर्नुपर्ने देखिन्छ ।
सुशासनको बारेमा जानकारी भएर पनि बुझ पचाउने समुदाय पनि हामिकहाँ पाईन्छ राम्रा गतिविधिहरुको निरगारी गर्दा उल्टै व्यक्तिलाई असफल बनाउने र संस्थागत रुपमा अनियमितता र भ्रष्टाचारलाई प्रसय दिने गतिविधिहरुको निस्तेज पार्नका लागि जिम्मेवार निकायहरुको कार्यशैलीमा परिवर्तन हुनुपर्ने आजको आवश्यकता हो । तवमात्र समाजमा सुशासन कायम हुन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार