दैलेख जिल्ला ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक हिसावले निकै धनि जिल्ला हो । यसको पहिचानमा धेरै परिवर्तनहरु आएका छन् ।
दैलेखमा एक महिनामा कम्तिमा १ लाख बढी पर्यटक आउन सक्ने जिल्ला बनाउनु अवको दायित्व हुन आउँछ । जिल्लामा आन्तरिक र बाह्य पर्यटकहरु भित्राउनका लागि जिल्लाभित्र चाहिने आवश्यक भौतिक पुर्वाधारहरुको बिकास भैसकेको छ । पंचकोशीका अधिकाँस स्थानहरुमा सहज यातायात भैसकेको छ । अव आम जिल्लाका सम्बन्धित पक्षकहरु दैलेख किन जाने भन्ने बारेमा चर्चा चलाउनुपर्ने छ । जुन चर्चाले आन्तरिक र बाह्य पर्यटकहरुका आगमन होस् त्यसका लागि सवैभन्दा महत्वपुर्ण पहिलो चरण हो बार्षिक रुपमा अनिवार्य महोत्सवको आयोजना गर्नु ।
अन्य जिल्लामा बर्षमा दुई पटक वा नभए कम्तिमा एक पटक अनिवार्य महोत्सवहरु गर्ने गरिन्छ । यसको पहिलो जिम्मेवारी सम्वन्धित जिल्लाका उद्योग बाणिज्य संघले लिने गरेका छन् । दैलेख उद्योग बाणिज्य संघले पहिलोपटक महोत्सवको तयारी सँगै मिति घोषणा गरिसकेको छ । बिगतका महोत्सवहरुबाट पाठ सिक्दै अव हुने महोत्सव आर्थिक, सामाजिक, साँस्कृति लगायतका क्षेत्रहरुमा ऐतिहाँसिक सफलता प्राप्त गर्ने हुनुपर्दछ ।
े यसका लागि जिल्ला उद्योगी, व्यापारी, स्थानीय निकाय र राजनैतिक दल सँगै नागरिक समाजले पनि महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्दछ । सकारात्मक काममा साथ दिन नसकेपनि राम्रो शुभेच्छा राख्ने बानीको बिकास गर्नु जरुरी देखिन्छ ।








