दैलेख कृषि उपज बस्तुहरुको उत्पादनका हिसावले निकै महत्वपुर्ण जिल्लाभित्र पर्दछ । जिल्लाको भौगोलिक विविधता, हावापानीका कारण भिन्न भिन्न स्थानहरुमा भिन्न भिन्न तरकारी तथा फलफूलहरुको उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएका कृषि उपज बस्तुहरुको बजारिकणमा समस्या देखिएको छ नै त्यो सँगै जिल्लामा बिगत पाँच बर्षदेखि कृष उपज बस्तुहरुको उत्पादन लगायतमा गरिएको खर्चको सामान्य बिश्लेषण मात्र गर्ने हो भने करोडौं रकम कृषि क्षेत्रमा खर्च गरिएको छ । खर्च अनुसारको प्रतिफल पुर्ण रुपमा अँझै आउन सकेको छैन् ।
सरकारी क्षेत्रको लगानी मात्र हैन् बिभिन्न गैर सरकारी संघ संस्थाहरुको लगानीको समेत उचित प्रतिफल अहिलेसम्म आउन सकेको छैन् । कृषि क्षेत्रमा जिल्लामा भएको अत्याधिक लगानीहरु फोटो र प्रर्दशनीमा धेरै देखिएको भएपनि कृषकहरुले व्यवहारमा त्यसको उपयोग गर्न नसकेको गुनासो समेत व्यापक रुपमा बाहिर आएको छ ।
जिल्लाका बिभिन्न स्थानहरुमा भएका उत्पादनहरुले बजार खोजीरहेको अवस्था एकातिर छ भने करोडौं लगानी भएका कृषि क्षेत्रहरुको बास्तवीक आम्दानी देखिन सकेको छैन् । यस्ता विभिन्न समस्याहरु समाधानका लागि सम्वन्धित निकायहरुले तत्काल नयाँ योजनाहरु ल्याउँदै कृषिमा उन्नत प्रविधि सहित व्यवसायिकता ल्याउनुपर्ने देखिन्छ ।








