१३ औं महाधिवेशन सफल नेतृत्व सगै ईतिहासको रक्षाको खोजी

नेपालको लोकतान्त्रीक र ठूलो पार्टीको परिचय बनाउन सफल नेपाली काँग्रेसअहिले १३ औं महाधिवेशनको अन्तिम निश्कर्षमा पुगेको छ ।
कोईराला परिवारको ईतिहाँस सँग जोडिएको नेपाली काँग्रेसमा सभापती शुसिल कोईरालाको निधन पश्चात कस्तो परिस्थितीमा पार्टी जाने हो भन्ने बारेमा पार्टीमा निकै धेरै चर्चा र परिचर्चा देखिएको छ । पार्टी भित्रको अन्तरिक प्रतिश्पर्धा सँगै स्पष्ट रुपमा देखिएका भिन्न भिन्न बिचारहरुका कारण नेपालका ठूला साना सवै पार्टीहरु बेला बेलामा समस्या पर्दै आएका छन् । बिशेष गरे महाधिवेशनका बेला देखिएका विभिन्न धारहरु र भिन्न भिन्न बिचारको राजनीतिले गर्दा नेपाली काँग्रेसको महाधिवेशनलाई झनै चर्चामा पु¥याएको देखिएको छ । तीन वटा सभापतीका उम्मेदवार मध्ये संस्थापन तर्फका २ जना र देउवा पक्षका एक गरि तीनवटा प्यानहरु चुनावी मैदानमा जाने पक्का भैसकेको छ ।
काँग्रेसको अधिवेशनलाई नेपाल भित्र मात्र नभई बिभिन्न मुलुकहरुले आ – आफ्नो दृष्टिकोणले ब्याख्या र बिश्लेषण गर्न थालिएको छ । चर्चित यूवा नेता गगन थापादेखि बृद्ध र परिपक्क नेताहरुको भिन्न भिन्न समूहरुले सफल नेतृत्व सँगै ईतिहाँसको रक्षा गर्ने नारा बोकेर चुनावमा होमिएको देखिन्छ । अन्तिम परिणाम सम्म कसले बाजी मार्ने हो भन्ने आँकडा गर्न सबैलाई कठिनाई भैरहेको छ । पहिलो चुनावमा सभापतीको टुँगो नलाग्ने पनि बिश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार