तत्कालिन द्धन्द्धमा घरपरिवार छोडेर देशको निम्ति भन्दै युद्ध लडेका मध्ये अधिकाँस यूवाहरुमा अहिले बितृष्णा छाएको छ । युद्धको भूमरिलाई बिर्सेर एमाओवादीले युद्ध बिराम गर्यो देशमा दिगो शान्ति कायम भयो । २०६२ ÷ ०६३ को जनआन्दोलनले परिवर्तनको एजेण्डालाई सफल पार्र्यो । नेपाल र नेपालीहरुको प्रगतीकोलागि निकै महत्वपुर्ण क्षेण मानिन्छ ।
२०५२ साल फागुन १ गते देखि सुरुवात भएको जनयुद्ध पश्चातका दिनहरुमा धेरैजसो यूवाहरु समस्यामा परे । लड्न गएका यूवाहरु लडाँईको मैदानमै समस्यामा परे भने गाउँमा बसेका यूवाहरु समेत डर त्रासका कारण घर छोडेर बिदेश जानुपर्ने बाध्यतामा परे जताततै समस्याले सताएको देशको अवस्था र तत्कालिन पीडामा परेका कतिपय यूवाहरुलाई शान्ति प्रक्रिया थालनी भएसँगै मुलुकले नयाँ संविधान प्राप्त गरिसक्दा समेत कतिपय यूवाहरुका घाऊहरु पुरिएका छैनन् ।
कतिपय महिलाहरु अँझै समस्या छन् । आफ्नो जीवनलाई बन्दुकको धारमा राखेर पार्टीका हरेका काममा लाग्ने यूवाहरुको भविष्यको बारेमा सरकार र सम्वन्धित निकायहरुमा देखिएको मौनता भिन्दै पाटो हो । एकाएक बिकास भएको माओवादी भित्र देखिएको बैचारिक समस्या र पार्टी फुटका कारण पनि कतिपय यूवाहरुको पिडा सम्बोधन हुन सकेको छैन् यसवारे सम्वन्धित निकायहरु गम्भिर हुनुपर्ने हो कि ?








