बिगतका दिनहरुमा जनताहरुले प्रहरीलाई गर्ने व्यवहार र सोचाईमा धेरै परिवर्तनहरु आएका छन् भने प्रहरीले जनतालाई गर्ने व्यवहारमा पनि निकै परिवर्तनहरु भएका छन् । यही परिवर्तनका कारण जनस्तरमा हुने बिभिन्न घटनाहरु बाहिर आउन थालेका छन् ।
समाजका गन्य मान्य र चिनेजानेकाहरुले मात्र प्रहरी सँग पहुँच बिस्तार गर्ने र उनीहरुको मुद्धा र अन्य समस्याहरु मिलाईदिन्छु भन्ने नाममा अराजकता वा पीडितले न्याय नपाउने खतरा उत्पन्न भएका कुराहरु आजभोली कमि हुँदै आएको छ । जनताहरुले प्रहरी प्रमुखसँग हेलमेल गरेर सिधै आफ्ना गुनासाहरु राख्न पाउनुले पनि जनता र प्रहरीको सम्बन्धमा धरै परिवर्तन गराएको छ ।
नेपाल प्रहरीका मध्यपश्चिम प्रमुख (डिआईजी) माधवप्रसाद नेपाल दैलेख आएको बेलामा समेत यहाँका नागरिकहरुले कुनै डर त्रास बिनानै समस्याहरु खुलेर राखेका छन् । यसले पहुँच बिस्तार मात्र हैन् जनतामा अधिकारका कुराहरुले समेत सचेतना ल्याएको भन्न सकिन्छ ।
जिल्लामा कतिपय यूवाहरु लागु औषध जस्तो कुलतमा फस्दै गएको बिषयलाई गम्भिरताका साथ मनन गर्दै दैलेख प्रहरीले नागरिकहरु सँग सम्बन्ध बिस्तारको अपेक्षा गरेको छ यो मात्र हैन् । समाजमा हुने जुनसुकै अपराधहरुका बारेमा जनताहरुले खुलेर प्रहरीलाई साथ मात्र दिएको खण्डमा जस्तोसुकै अपराध गर्ने व्यक्तिले सजाए पाउने र समाजमा शान्ति सुरक्षा कायम हुने देखिन्छ ।








