चीन भ्रमणको महत्व र सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली अहिले चीनको भ्रमणमा रहेको छ । चीन भ्रमणका अवसरमा सरकारले गरेका विभिन्न दशवटा निर्णहरुको बारेमा भिन्न भिन्न टिक टिप्पणीहरु हुन थालेका छन् । नेपालले संविधान निर्माणमा चालेको कदमको चिनियाँ प्रधानमन्त्री ली खछ्याङले प्रशंसा गरेक ा छन् ।
भ्रमणले नेपाल र चीनबीच पारवहनसहितका १० वटा सम्झौता एवं समझदारीहरुमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागकी सहायक निर्देशक हो यान्सीले बताए अनुसार प्रधानमन्त्री खछ्याङले नेपालले संविधान निर्माणमा चालेको कदमको प्रशंसा गरेका छन् । चीनले नेपाललाई संधै आर्थिक रुपमा समृद्धि, स्थायित्व र समाजिक एकतासहितको मुलुकका रुपमा हेर्न चाहेको बताएका कुराहरुले नेपालले दुईवटा छिमेकी मुलुहरुबाट धेरै कुराको आर्थिक अवस्था सुधार गर्न सक्ने राम्रो संभावना बढेको छ ।
एक चीन नीतिमा नेपाल प्रतिबद्ध भएको कुरा प्रधानमन्त्रीले जानकारी गराएपश्चात पछिल्ला दिनहरुमा नेपाल र चीनवीचको सम्बन्धमा झनै सुधार हुने संकेतहरु देखिएका छन् ।
नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुका लागि चीनबाट प्रदत्त उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको कुराको बिश्लेषण गरिएको छ ।
महत्वपुर्ण छिमेकी मुलुकको रुपमा रहेको भारत र भारतबाट प्रकाशीत पत्रपत्रिकाले समेत नेपाल चीनवीच भएको सम्झौतालाई भिन्न भिन्न दृष्टिकोणले ब्याख्या र बिश्लेषण गरिएका बेला नेपालले दुवै छिमेकी मुलुकहरुको सम्बन्ध थप सुधार गर्नका लागि नेपाल सरकारले अँझै धेरै महत्वपुर्ण कदमहरु चाल्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार