दुवै छिमेकी सग साझा सम्बन्ध कायम गर्ने अभियानमा बर्तमान सरकार सफल

चीनसँग नयाँ सम्बन्ध जोडेको खण्डमा दक्षिण छिमेकी मुलुक रिसाउँछ अनि बिभिन्न बाहनामा सरकार र सत्ता आफ्नो हातबाट फुत्कन्छ भन्दै पराजीत मानसिकता बोकेका नेपालका राजनेताहरुको डर, त्रासलाई हटाउँदै बर्तमान सरकारले छिमेकी मुलुक चीन सँगै धेरै महत्वपुर्ण सम्झौताहरु गरेको छ ।
दुवै छिमेकी राष्ट्रहरु सँग समान व्यवहार गर्न डर मान्ने र चाहेर पनि सम्बन्ध बिस्ता गर्न नसक्ने केही उच्च नेतृत्व र बिगतका सरकार प्रमुखहरुको योजनालाई बर्तमान सरकारले फेल गरिदिएको छ । यो मानेमा कि नेपाली जनताहरु लामो समयदेखि भारतले लगाएको अघोषित नकाबन्दीका कारण समस्यमा परे । त्यसको ठोस निष्र्कष दिनुभन्दा भारतले आफ्ना केही निहित स्वार्थहरुलाई अगाडी बढायो यो मानेमा पनि नेपाल सरकारले नेपाली जनताहरुको आकाँक्षा अनुसार निर्णय गरेको भन्ने चर्चा समेत जनमानसमा चलेको छ ।
नेपालका महत्वपुर्ण दुई वटा मित्र राष्ट्रहरु सँग बलियो सम्बन्ध बनाउन सके नेपालमा आर्थिक प्रगती हुने निकै धेरै सम्भावनाहरु हुँदा हुँदा पनि सरकार संचालन गर्ने बिभिन्न व्यक्तिहरुको व्यक्तिगत इच्छा र चाहनाका कारण नेपालका नागरिकहरु हित भन्दा व्यक्तिगत हितका लागि मात्रै काम गर्ने प्रचलनका कारण नगरिकहरु बिगतदेखि समस्यामा पर्दै आएका छन । यस्ता धेरै समस्याहरु समाधानका प्रयासहरु चीन सरकारसँग बर्तमान सरकारले सम्झौता गरेको छ ।
चीनले नेपाललाई संधै आर्थिक, राजनीतिक, ऐतिहाँसिक, पर्यटकीय महत्वको क्षेत्रको रुपमा बिकास भएको हेर्न चाहेको छ भने बिषयले महत्व पाएका बेला अर्को छिमेकी मुलुक भारतसँग पनि अँझै थप सम्बन्ध बिस्तार गर्दै नेपालका हरेक समस्या समाधानमा लाग्नुपर्ने आजको अवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार