दैलेख महोत्सव ऐतिहासिक र पारदर्शी हुनुपर्दछ ।

२०६८ सालमा महोत्सव भएपश्चात पुनः महोत्सव गर्ने तारतम्य नमिलेका कारण अहिलेसम्म ओझेलमा परेको दैलेख महोत्सव पुनः चार बर्षपछि दैलेख महोत्सवको तयारी गरिएको छ । दैलेखमा हुने महोत्सवहरुले ओझेलमा परेका ऐतिहाँसिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारमा निकै ठूलो सहयोग गरेको देखिन्छ । बिगतमा गरिएका दुईवटा ठूला महोत्सवमा आर्थिक हिसाव कितावमा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै दैलेख उद्योग बाणिज्य संघले यसपालिको महोत्सव ऐतिहाँसि र आर्थिक पारदर्शी बनाउने अभियानमा लाग्ने बताएको छ ।
दैलेखलाई पञ्चकोशी र ज्वाला क्षेत्रको जिल्लाका रूपमा चिनिएपनि यसको बास्तवीकता खोजी गर्दै सरकारी संयन्त्रले राज्यको नीति भित्र समावेश गर्न नसकेको दैलेखलाई यसपालिको महोत्सवले जिल्लाको पर्यटन क्षेत्रको बिकासमा धेरै सहयोग पुग्ने आशा गरिएको छ । महोत्सवबाट संकलन गरिएको रकम मध्ये पंचकोशी क्षेत्रको कुनै एउटा महत्वपुर्ण क्षेत्रको जिर्णोद्धार गर्ने, उद्योग बाणिज्य संघको भवन निर्माण लगायतको सामाजिक कार्यमा लगाउने उद्घोष गरिएको छ । यो निकै राम्रो काम हो । यसका लागि जिल्लाका सवै नागरिकहरुले सहयोग गर्नुपर्ने देखिन्छ ।
महोत्सव आफैमा नराम्रो बिषय नभएपछि दैलेखमा देखिएको महोत्सवको बिकृती अन्त्य गर्दै दैलेख महोत्सव ऐतिहाँसिक रुपमा सम्पन्न गर्नुपर्ने चुनौती पार गर्दै जनतामा देखिएको आर्थिक समस्या समाधानका लागि पनि यो महोत्सव ऐतिहाँसिक बन्नुपर्ने सुझाव बिज्ञहरुले दिएका छन् ।
जिल्लाका राजनीतिक दल, नागरिक समाज, स्थानीय निकाय, उद्योगी र व्यापारिहरुले दैलेखमा हरेक बर्ष अनिवार्य महोत्सव गर्ने अभियानलाई अगाडी बढाउँदै पारदर्शीतामा ख्याल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार