विगतका दिनहरुमा विदयार्थीहरुले अर्धवार्षिक परिक्षा दिने बेला सम्म पनि पाठ्यपुस्तक नपाएको कतिपय स्थानमा समाचारहरु आएकै हुन दैलेख लगायतका विभिन्न स्थानहरुमा विद्यार्थीहरुले पुस्तक समयमै नपाएर समस्या बोहोरेको कुरा हाम्रा सामु देखिएकै छ ।
विशेष गरी सरकारी पक्ष बाट समयमै पुस्तक छाप्न ढिलाई हुनु यसको प्रमुख कारण हो । यस सन्दर्भमा यस नयाँ शैक्षिक सत्र २०७३ का लागी पाठ्पुस्तकहरु वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई आगामी वैशाख ५ गतेदेखि शुरु हुने गरि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने राष्ट्रिय अभियानमा संचालन गर्ने बताइरहदाँ नेपालका सम्पूर्ण विद्यार्थीहरुले के समयमै पाठपुस्तक पाउलान त ? यो प्रश्न पनि त्यतीकै उब्जेको छ ।
प्रधानमन्त्रीले त्याएको अभियानले सार्थकता पाउने कुरामा भने आशावादी हुन सकिने धेरै ठाउँहरु देखिएका छन् । दैलेखका लागि जिम्मेवार बिक्रि केन्द्रहरुका गोदामहरुमा किताव भरिएका दृश्यहरुले अभियान सफलतामा पुग्ने र बिद्यार्थीहरुले सहजै पुस्तक पाउने अनुमान गर्न सकिने देखिन्छ ।
पाठ्यपुस्तक समयमै नपुग्दा विद्यार्थीहरुको पढाई प्रभावित हुँदै आएको सन्र्दभ यो बर्ष धेरै चर्चामा नआउने पनि देखिएको छ । जे होस् बिद्यार्थीहरुले समयमै पुस्तक पाउनु उनीहरुको अधिकार हो भने राज्यले समयमै त्यसको व्यवस्थापन गर्नु कर्तब्य हो ।








