कठिन दश बर्षका सहयात्रीहरु

हेर्दा हेर्दै दश बर्ष पुरा भएछ, अहिले पत्रिका पढ्ने बानीको बिकास भएको छ, समाचार प्रकाशन ÷ प्रसारण भएपछि टिका टिप्पणी हुने गर्दछन्, प्रतिक्रियाह? आउने गर्दछन् । पत्रिकामा समाचार आयो भने सामाजिक ?पमा समस्या पर्छ भन्ने कुरा सबैले बुझेका छन् । नियमन गर्ने निकायह?ले समेत समाचारलाई आधार बनाएर खोजी गर्न थालेका छन् । स्थानीय स्तरमा रेडियो र पत्रपत्रिकाह?को प्रकाशन बढेको छ । पत्रकारिता क्षेत्रमा यूवाह?को आर्कषण बढेको छ । पत्रकारिता र पत्रकारह?मा साना ठूला समस्याह? अवस्य छन् तरपनि मर्यादा भित्र र सिमाभित्रको रेखालाई कसैले कहि कतैबाट बिचलित पार्ने काम भएको देखिदैन् । यही बिषय कठिन यात्रा भित्रको गौरवमय गाथा बनेको छ दैलेखको पत्रकारितामा ।
शिरमा एउटा पत्रकार दाजुको अमरत्वको कामना गर्नै उद्देश्यले २०६३ असार १२ गते त्रिभूवन उच्च माविको कुनामा बसेर पत्रिका दर्ताको लागि निर्णय गर्ने मेरा संस्थापक प्रकाशक नमन शाही, संस्थापक कार्यकारी सम्पादक, घनश्याम भण्डारी, पुस्कर थापा, यज्ञराज थापा, जनक न्यौपाने लगायत सम्पादकको जिम्मेवारी पाएको म आफैले सु? गरेको यो अभियान अहिले दशौं बर्षमा पुगेको छ । त्यसपछिका दिनह?मा यो अभियानलाई साथ दिने पत्रकार हरिहरसिंह राठौर, अमर सुनार, प्रकाश अधिकारी, मञ्जुल अधिकारी, गोविन्द के.सी., गोविन्ददेव भारती, रविन्द्र सुवेदी, कविराज बि.सी., नविन रिजाल, खेमराज थापा, कमल शर्मा, चक्र केसी, भूपेन्द्र शाही, महेन्द्र सापकोटा, छवी शर्मा, यामप्रसाद शर्मा, गणेश रेग्मी, अभिशेष अनुराग, डि आर कोईराला, भिम सिजापती, श्याम बिष्ट, हिक्मत नेपाली, चक्र भण्डारी, प्रेम शाही, सिताराम शर्मा, लोकेन्द्र पौड्याल, नविन शर्मा, खगेन्द्र कार्की, भूमिका मल्ल, गिता थापा, तिला गु?ँग, सिता शाही, धरम बिष्ट, भक्त शाही, माधव खनाल, यामराज कटुवाल, पृथ थापा, कृष्ण देवकोटा, उदयराज अधिकारी लगायतका साथिह?को अथक प्रयास, सहयोग र सद्भावका कारण आज यो पत्रिकाले आफ्ना कठिन यात्राह?लाई दश बर्षे बालकको ?पमा बिकास गर्न सफल भएको छ । आशा छ यो पत्रिकालाई परिपक्क यूवा अवस्थामा मात्र हैन अभिभावकै ?पमा अगामी दिनह?मा बिकास गर्न अँझै यहाँह?कै सहयोग र सद्भावको आवश्यकता महसुस गरेका छौं ।
अँझै हामिलाई निरन्तरताको चुनौती त्यतीकै छ । पत्रिकाको व्यवसायिकता र निरन्तरता दैलेखको लागि फलामको चिउरा चपाउनु सरह हो । सु?वाती देखि अहिलेसम्म छापाखानाले गरेको योगदानको उच्च कदर गर्दै आगामी दिनह?मा हाम्रो सहकार्य अँझै दरिलो हुनेमा आशा गरेका छौं । यो कठिन यात्रामा आँठ गर्ने सबै पत्रकार मित्रह? र प्रकाशनको जिम्मा लिएका संचारकर्मी मित्रह?लाई धन्यवाद दिन चाहान्छौं । तपाँईह?ले दिएको रचनात्मक सुझावलाई हामिले सँधै सिरोधार्य गर्ने छौं । साप्ताहिक पत्रिका प्रकाशन गर्दा रातको २ बजे पत्रिकाको पिलेट बोकेर छापाखान धाउने यी परेलीह? अँझै धेरै समयका लागि निधाउने छैनन् । धमाका दैलेखको पत्रकारिताको जननी हो भन्दा अतिउत्ती नहोला तर यसो भनिरहँदा यसले व्यवसायिकतालाई ध्यान दिन सकेको छैन् । निश्पक्ष बन्न सकेको छैन भन्ने तपाँईह?का गुनासाह?लाई हामिले सकेसम्म घटाउँदै गएका छौं । निरन्तर संघर्षको नवौं बर्ष पुरा भैसकेको छ । निरन्तरताको समस्याकै कारण जिल्लाबाट प्रकाशन भएका धेरै पत्रिकाह? सँझै सरकारको बर्गिकरण सुचिमा पर्न सकेका छैनन् । बास्तवीकता र धरातल नबुझेर गलत ओकेल्ने प्रवृतीसँग जुधेर प्रकाशनले आफ्नो दशैं बर्षको यात्रा गर्दैछ । यो यात्रासँगै हामीलाई मायाँ, ममता तथा सहानुभूती प्रकट गर्नुहुने आदरणीय पाठक वर्ग, शुभचिन्तक एवं विज्ञापनदाता बाट आगामी दिनह?मा पनि सहयोग र हौसला मिल्ने आशा लिएका छौं । नागरिकह?को सुसुचित हुन पाउने अधिकारप्रति जस्तोसुकै परिस्थितिको सामना गर्नपनि हाम्रो यूवा पत्रकारह?को टिम लागिरहने प्रण समेत गर्दछौं । साथै नवबर्ष २०७३ सालको यस पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार