दश बर्ष अघि जिल्लामा पत्रिका प्रकाशन गर्ने र त्यसलाई नियमित बनाउने अभियान बोक्नु साँच्चिकै चुनौतीपुर्ण काम रहेछ दश बर्ष पुगेपछि बिगत सम्झिदाका केही तीता अनुभूतिहरुले आज मन कता कता पीडाभित्र हराएको भान भएको छ ।
झट्ट हेर्दा पत्रिका ४ पेजको छ कैयौँ गल्ति र कमिकमजोरीहरु छन् स्वाभिक हो तर देख्ने नयन र बुझ्ने भावले कसरी बुझेको छ त्यो कुरा महत्वपुर्ण हुँदोरहेछ । दशौं बार्षिक उत्सव मनाईरहँदा हामिलाई दिएका धेरै सुझावहरु सँगै हामिले गरेका दुःखका अनुभूतिहरुका बारेमा गरिएको चर्चाले निकै मन छोयो । साँचो अर्थमा भन्ने हो भने जिल्लामा पत्रकारिताको बिकास यूवा अवस्थामै छ । कहिलेकाँही त्यो यूवा जोस र जाँगरले आफ्नो आचारसहिंता बिर्शेर आफुखुशि गर्ने जर्मको पनि गरिदिन्छ । त्यसको पीडाले धेरै मानिसहरु तड्पीएका छन् । भन्न नसकेका मात्र हुन् । हामीले बर्षभरी अरुकै बारेमा, समाजकै बिभिन्न गतिविधिहरुको बारेमा लेख्ने गर्दछौं । आवाज बिहिन बनेकाहरुको आवाज बन्दा आवाज बन्द गर्न जर्मको गर्नेहरु पक्कै पनि हतास हुन्छन् । हामिले स्वभाविक कुरा र अस्वभाविक परिचर्चा भने कहिल्यै गरेनौं । हामी कछुवाको तालमा चलिरह्यौं खरायो बन्ने कोशीस गरेनौ त्यही नै हाम्रो सफलता हो ।
तपाँईहरुको रचनात्मक सुझावहरुले हाम्रो मन छोएको छ । पाठकले हाम्रा समाचार र बिचारहरु पढ्दा आफु स्वतन्त्र भएर बुझिदिनुभयो भने त्यसले दुर्गम जिल्लाबाट प्रकाशित हुने पत्रिकाहरु र रेडियोहरुको दिगोपना हुने छ ।








