समाजमा अहिले पनि उखान गर्ने गरिन्छ । “प्रहरी र पत्रकार सँगको सम्बन्ध धेरै नजिक पनि हुनुहुँदैन धेरै टाढाको पनि हुनु हुँदैन् । ”
यो उखानले कसलाई कतिपसम्म योगदान वा घाटा गर्र्यो त्यो बिश्लेषणको पाटो हो तर उखान भित्रको महत्वपुर्ण कुरा के हो भने कुनैपनि नागरिक त्यो राष्ट्रसेवक होस, किसान होस, व्यापरि होस् कसैले पनि व्यवसायिक धर्म, आचारसहिंता, र नीति नियम तोड्नु हुँदैन यो सबैमा लागु हुने कुरा हो तर बिशेष गरेर संचार र सुरक्षा निकायसँग दिनुहुँ बिषयहरु जोडिने भएकोले प्रहरी र पत्रकारलाई ध्यान दिएको जस्तो देखिन्छ । चाहे जो होस् आफ्नो कर्तब्य भित्र पर्ने कुराहरुलाई प्रहरीले कर्तब्य नविर्सेर काम गर्ने र पत्रकारले समेत आफ्नो कर्तब्यलाई नछोडिकन कसैप्रति पुर्वाग्राही नभैकन समाचार संप्रेषण गर्नुपर्छ भन्ने कुरातर्फ ध्यान दिनुपर्ने हुन्छ ।
चाहे किसान होस् , चाहे राष्ट्रसेवक कर्मचारी, चाहे पत्रकार वा अन्य कुनै निकायहरु जो सुकैले पनि आफ्नो व्यवसायिक धर्मलाई बिर्शन थालेपछि कुनै हालतमा देशले फड्को मार्न सक्दैन्, समाज परिवर्तन हुन सक्दैन् । त्यस्ता पद्धती, व्यावहार र व्यवसाय निरन्तर हुन सक्दैनन । एक न एकदिन व्यवसाय समाप्त हुन्छ ।
रह्यो संचारमाध्यामको कुरा आज चिया गफ भो भोली अलि नजिक सम्वन्ध भो पर्सि व्यक्तिले गल्ति गर्र्यो साथि हो भने समाचार संप्रेषण नगर्ने वा फलानो प्रमुखले आफुहरुलाई गर्नुपर्ने सम्मान गरेन वा कुनै मागेको कुरा दिलाउन सकेन, चिया खुवाएन भन्ने नाममै एकलौटी व्यक्तिगत पुर्वाग्राही भएर अगाडी बढ्ने प्रवृति बिशेषत पत्रकारितामा सुहाउँदैन अन्य निकायहरुले पनि यस्तो प्रवृति देखाउनु हुँदैन् । हरेक समाजप्रति उत्तरदायित्व बोकेका निकायहरुले व्यवसायिक धर्म नछोड्ने कुराको उद्घोष गर्नुपर्छ ।








