नेपालमा क्रिकेट – चुनौती र सम्भावना

सन १९९६ मा अन्तराष्ट्रिय क्रिकेट महासंघ (आइ.सी.सी.) को सदस्यता पाएपनि नेपालले विश्वकप खेल्ने पहिलो सपना २००७ मा देख्यो । कप्तान पारस खड्काको नेतृत्वमा । जसलाई लगभग एकसय वर्षौ हाराहारीमा पुगेको नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता भनिन्छ ।
नेपाली क्रिकेटले अन्तराष्ट्रिय सहभागिता जनाउन सुरू गरेको १७ वर्षमात्र भएको छ । त्यसको सुरुवाती दिनमानै विश्वास गरिएको थियो, क्रिकेट नै नेपालका लागि यस्तो खेल हुनसक्छ जसले सफलता आत्मसाथ गर्न सक्छ । क्रिकेटका सबै खेल शारीरिक मात्र हैन मानसिक पनि हुन्छन । फेरी खेलकुदमा सफलता र असफलता बीच झीनो अन्तरमात्र हुन्छ । त्यही अन्तरलाई पार गर्न पनि वर्षौको मिहिनेत आवश्यक हुन्छ । विश्वकप खेलेको अनुभवले खेलाडीलाई आत्मविश्वासी बनाउँछ र चुनौतिलाई आत्मसाथ गर्ने मानसिकता फेरिन्छ । जितका लागि जिद्दी चुनौतिलाई आत्मसाथ गर्ने बानी हुन्छ । त्यसभन्दा ठूलो अबदेखि नेपाली क्रिकेटलाई हेर्ने प्रतिद्धन्दी टिमको नजर फेरिनेछ । विश्वकप खेल्ने टिमको ट्याग यस्तो हो जस्ले उस्तै प्रतिद्धन्दीलाई २ पटक सोच्न बाध्य पार्छ ।
नेपाली क्रिकेटमा सफलता संगै निश्चय पनि चुनौति थप्छ । जतिबेला देखि नेपालले उमेर समुहदेखि राष्ट्रिय स्तरका खेलहरूमा सफलता आत्मसाथ गर्न थाल्यो तब प्रायः विदेशी क्रिकेटका हस्तिहरूले भन्ने गरेका छन “नेपाली खेलाडी हरूसँग क्रिकेट खेलमा भिज्ने प्राकृतिक गुण छ । जुन हत्तपत्ती अरुमा पाइन्न ।” क्रिकेटका लागि नेपाली खेलाडी जति छन सबै प्राकृतिक रूपमा आफैं अगाडि आएका हुन । अहिलेसम्म प्राप्त सफलता त्यसैको परिणाम हो ।
तर सधैँ यसरी क्रिकेट चल्दैन। अहिलेसम्म नेपाली क्रिकेटले प्राप्त गरेका सफलताका पछाडिका वास्तविकता हेर्ने हो भने त्यसमा आश्चर्य मान्ने धेरै ठाउँ छन । कमजोर र क्षणिक घरेलु क्रिकेटका वावजुद नेपाली क्रिकेट त पुरानो माटोको घरको छानामा ढलान गरेजस्तै हो । त्यसैले त्यसको जग असाध्यै कमजोर छ । नेपाली क्रिकेट अगाडि बढ्ने धेरै सम्भावना छन्। उत्तिकै सम्भावना के पनि छ भने यहाँबाट ओरालो पनि लाग्न सक्छ । ठोस कार्यक्रम नआउने हो भने माथिल्लो स्तरको क्रिकेटमा नेपाललाई बसिरहन सजिलो हुनेछैन । सबैभन्दा पहिला त क्यानलाई मजवुत बनाउनु पर्छ । काम गर्नेको संस्था मजबुद बनाउनु पर्छ । आखिर कमजोर जगले गहु्रँगो ढलानको बोझ कहिलेसम्म धान्ला र ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार