दैलेख महोत्सव हाम्रो मानसिकता र धरातल

अहिले जिल्लामा ऐतिहाँसिक दैलेख महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मिति निजिकिदै गर्दा महोत्सवका भिन्न भिन्न व्याख्या र बिश्लेषणहरु समेत हुन थालेका छन् । नागरिक समाजको महत्वपुर्ण संस्था दैलेख उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गर्दैछ । जिल्लामा बिगत चार बर्षदेखि महोत्सवको चर्चा हुने गरेपनि महोत्सव गर्ने आँट गर्न नसक्ने प्रवृतीको अन्त्य गर्दै, बिगतको महोत्सवले देखाएको गलत बाटो मेटाउँदै नयाँ अभियानको थालनी गर्न महोत्सव थालिएको    छ ।
दैलेखमा अहिलेपनि एकले अर्कोको रिस गर्ने, आफुले मागेको नभएपछि गलत सुचना संप्रेषण गरेर आफ्नो मर्यादा खस्काउने, गैर जिम्मेवारी कामहरु भएका छन् । बिगत देखि देखिदै आएका यस्ता झलकहरु यो महोत्सवमा पनि देखिन थालेका छन् । आफुले राम्रो गर्न नसकेपनि अरुले गरेको राम्रो काममा बिरोध नगरेपनि धेरै सहजता हुन्छ ।
तर यहाँ बिगतदेखि चल्दै आएको आफु पनि केही गर्न नसक्ने र अरुले गर्न थालेको पनि देख्दै नसहने, यस्तै बाँदरे प्रवृतिका कारण दैलेखमा राम्रो सोच राख्ने मानिसहरुको पनि अभाव हुँदै गएको छ । जिल्लाको समग्र बिकासको मुद्धा उठाउँदा आफ्ना व्यक्तिगत मुद्धाहरु जोडेर अभियान असफल बनाउनेहरु जिल्लाका बिकास बिरोधिहरु हुन भनेर भन्नुपर्ने अवस्था आउने देखिन्छ । आफ्नो दरिद्र मानसिकता र आफु उभिएको धरातल र आफ्नो जन्मभूमिका लागि जस्तो सुकै बेमेल अवस्थामा पनि समग्र जिल्लाको लागि राम्रो सन्देश जाने जुनसुकै कामहरुमा हाम्रो हातेमालो र एकता हुनुपर्ने आजको आवश्यकता हो ।
राम्रो गर्नेहरु र राम्रो सोच राख्नेहरु पाखा लाग्दै जिल्ला छोडन् थाले भने स्याल कराउने डाँडाहरुमा रेबीज फैलने र त्यही रेवीजका कारण आफु पनि बौलाहा हुने र अरुलाई पनि बौलाहा बनाउने अभियान बाहेक दैलेखमा अरु केही रहनेवाला छैन् त्यसैले सबैले राम्रा कामहरुमा साथ दिने जस्ता बिषयहरुमा गम्भिर बन्नुपर्ने हो कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार