कर्मकाण्डमा सीमितः मजदुर दिवस

हरेक वर्षजस्तै क्यालेन्डरको पाना फेरिने क्रममा आइतवारबाट ईस्वी सम्वतको मे महिना शुरु भएको छ । मे महिनाको पहिलो तारिख विश्वका श्रमिक मजदूरहरुका लागि एक विशेष पर्व हो । नेपालमा पनि मजदूर दिवस मनाउन राज्यले सार्वजनिक बिदा दिएको छ । श्रमिकहरुले वर्षमा एक दिन होइन हरेक दिन आफ्नो अधिकारको लडाइँ त लडिरहेकै छन् । यो विशेष दिन उनीहरुको उन्मुक्तिको अवसर पनि हो ।
यद्यपि पछिल्ला परिवर्तित सन्दर्भमा मजदूर दिवस पनि विस्तारै कर्मकाण्डमा सीमित हुन थालेको छ ।अन्तराष्ट्रिय श्रमिक दिवस मनाइरहँदा विभिन्न एक समाजवादी नेताले सन्दर्भमा व्यक्त गरेको भनाइ निकै लामो समयसम्म विश्वका श्रमिकहरुको मूल मन्त्र बन्यो । त्यो थियो, हामी श्रमिकसँग जित्नका लागि सिंगो संसार छ, तर हा¥यौं भने फगत एउटा हतकडी मात्र त हो ।
वास्तवमा मजदूरसँग हार्नलाई केही पनि हुन्न । तर, उनीहरु नै यो समाजका निर्माता हुन् । समय र विश्व परिवेशमा आएको अत्याधुनिक विकास र परिवर्तनसँगै मजदूरको परिभाषा फराकिलो बनिसकेको छ भने बिसौं शताब्दीको शुरुतिर चर्चामा रहेको उक्त उद्गार पनि अब अर्कै सन्दर्भ बनिसकेको छ ।
नेपालको सन्दर्भमा मजदूर दिवस कर्मकाण्ड मात्र नभएर राजनीतिक दलहरुमा आवद्ध ट्रेड युनियनकर्मीहरुले राजनीतिको रोटी सेकाउने अवसर बनेको छ । वास्तविक श्रमिक मजदूरहरुको ठूलो हिस्सा मे दिवस मनाउने ठाउँसम्म पुग्नै सक्दैन ।कुनै ठाउँमा पु¥याइएकाहरु नेताका भाषण सुन्ने दिग्दारी दर्शकमात्र बन्ने हुन् । भन्न लाई त भनिन्छ “विश्वका मजदूरहरु एकजुट होउँ भन्ने तर व्यवहारमा गुट र झुण्ड बनाएर कर्मकाण्डी ढंगले मजदूर दिवसको प्रवचन सुनाउने बाहेक यो पर्वको सान्दर्भिकता हराउँदै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार