कृषी बस्तुहरुको उत्पादनमा कमी आउनुको प्रमुख कारण खडेरी हो । दैलेख लगाएका नेपालका धेरै जसो स्थानमा उचित सिचाईको सुविधा नभएकै कारण आकासे पानीको भरमा पर्नु कृषकहरुको बाध्यता रहेको छ । लामो समयदेखि पानी नपरेका कारण यस वर्ष पनि कृषिउत्पादन घट्ने निश्चित नै छ । कृषिउत्पादन घट्नुको प्रत्यक्ष असर समग्र आर्थिक वृद्धिमा पर्छ । बिनासकारी भूकम्प र लामो नाकाबन्दीले तंंग्रिन खोज्दै गरेको अर्थतन्त्र फेरि खडेरीको मारमा परेको छ ।
यसले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदरमा पनि कमी ल्याउने देखिन्छ । गत वर्षभन्दा यो वर्ष खडेरी लम्बिँदा पानी चाहिने मौसममा अधिकांश मुहानसमेत सुकेर दैलेखका कतिय स्थानहरु लगाएत देशका विभिन्न स्थानका किसानले सिँचाइ गर्न सकेका छैनन । पानी नपर्दा दैलेखका कतिपय किसानले बाली लगाउनै पाएका छैनन भने रोपेका बालीनाली सुकेरै खेर गएका छन् ।
खडेरीले कृषि उपजको उत्पादनमा ठूलो गिरावट आउँदा गरिबीको रेखामुनि रहेका करिब ७ लाख किसानको बिचल्ली भएको छ । उनीहरु थप गरिबीको रेखमुनि पर्दा सरकारको चालु आवधिक योजनाको गरिबीलाई १८ प्रतिशतमा झार्ने सरकारको लक्ष्य असफल हुने देखिएको छ । खेतीको भरमा रहेका किसान अनिकालमा परेपछि भूकम्पको पीडामा परेका उनीलाई थप पीडा हुने देखिन्छ ।
ठूलो खडेरीका कारण दैलेखका किसानले लगाएको मकै, हिउँदे धान, गहुँ, मुसुरो, चना, जौ, आलु, तरकारी बालीअन्तर्गत टमाटर, काउली, बोडी, आँप, लिचीलगायत बालीमा सबैभन्दा बढी असर पु¥याएको छ । यस्तो समस्याको मारमा प्रत्यक्ष असर दैलेख लगाएत देशभरका सिचाई सुविधा नभएका किसानहरु लाई परिरहेको छ ।








