सरकारको कदम दैलेखको ज्वाला र पर्यटन

सयौं बर्षदेखि पानीमाथि लगातार बलेको आगो न त ? अहिले सम्म सकिएको छ । न त ? कुनै स्थानमा ज्वाला घटेको छ । यस्तो अचम्मको कुरा हुँदा समेत कसैको ईशारामा रोकिएको दैलेखका पेट्रोलियम पदार्थ उत्खननको कामले अहिले आम नेपाली जनतामा भरसिलो आशा पलाएको छ ।
साँच्चिकै ज्वाला क्षेत्रको उत्खननले मुर्त रुप लिन सके दैलेख नेपालकै महत्वपुर्ण जिल्ला बन्न सक्ने प्रवल संभावना देखिएकै छ यदी त्यसो नभएपनि दैलेखमा आउने बाह्य पर्यटकहरुको भने अवका दिनदेखि निकै घुँईचो लाग्ने कुरामा कुनै दुईमत देखिएको छैन् ।
बिश्वका चर्चित प्रोफेसरहरु मध्यको ओहदा बनाएका चाईना सरकारका मुख्य व्यक्तिहरुले दैलेखका खोलाहरुमा बलेको आगोको तीन दिनसम्म अवलोकन गरेका छन् । अवलोकन पश्चात चर्चित व्यत्तित्वहरुले दैलेखको प्रचारका लागि पक्कै पनि केही न केही काम गर्ने आशा देखिएको छ ।
यती मात्र हैन दैलेखको ज्वालाको चाईनाको बिश्वबिद्यालयमा चर्चा गरिदिएको खण्डमा समेत हजारौं विद्यार्थीहरु अवलोकनका लागि दैलेख आउनेछन् । यसको लागि सरकारले गरेको कदम निकै महत्वपुणै मानिएको छ ।
खानीको उत्खनन् हुन सके त मुलुककै भविष्य उज्जवल हुने छ । अर्कोतर्फ दैलेखका धार्मिक र ऐतिहाँसिक महत्वका अन्य बस्तुहरुको समेत यो अभियान अन्तरगत प्रचार प्रसार हुने दैलेखमा लाखौं पर्यटकहरु भित्रिने संभावना धेरै देखिएको छ । सरकारको यस्तो महत्वपुर्ण कदमको आम नागरिकहरुले चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार