जघन्य अपराधमा संलग्नहरुलाई कारवाही गरिनुपर्छ

मुलुकले लामो द्धन्द्धको समय व्यतित गरेर अहिले शान्ति प्रक्रिया सँगै सवैभन्दा महत्वपुर्ण मानिएको संविधान जारी गरिसकेको छ । तत्कालिन समयमा राज्य वा माओवादी दुवै पक्षबाट भएका बिभिन्न अमानवीय घटनाहरु अहिले पुनः चर्चामा आउन थालेका छन् ।
सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोगको गठन गर्ने भनेर शान्ति प्रक्रियाको हस्ताक्षर हुने बेलैमा चर्को बहस र पैरवी गरेको भएपनि त्यसले धेरै बर्ष मुर्त रुप लिन सकेन् । कतिपय यस्ता घटनाहरु पनि आजभोली बाहिर आउन थालेका छन् । जुन घटनाले पुनः हाम्रो सामाजिक परिवेशलाई बिगतको तिक्तता र मनमुटावतिर धकेल्न सक्ने खतरा समेत बढेको छ ।
समाजमा अहिले दुवै पक्षका पीडितहरु आफ्ना द्धन्द्धका घाऊहरु बिर्साउँदै सामाजिक जीवनमा आई सकेका छन् तर केही यस्ता घटनाहरु छन् जुन घटनाहरुमा संलग्न व्यक्तिहरु अनिवार्य कारवाही भोग्नुपर्ने अवस्थाका छन् । चाहे त्यो राज्य पक्षका मानिसहरु हुन चाहे अन्य तत्कालिन बिद्रोही पक्षका मानिसहरु हुन् । निकै क्रुर र अमानवीय ढंगबाट भएका हत्या, बलात्कार र अन्य हिंसामा संलग्नहरुलाई सरकारले अनिवार्य कारवाही गर्नुपर्ने देखिन्छ ।
द्धन्द्धको नाममा भिजलान्ते प्रयोग गरेर राज्यले अमानवीय रुपमा गरिएका हत्या होस या सामाजिक कामका लागि वार्ता गएका व्यक्तिहरुलाई अपहरण पश्चात क्रुर यातना दिदै गरिएका हत्याहरु हुन् यस्ता सवै कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार