मदन भण्डारीको सम्झना र बास्तवीकता

नेपाल बिगतदेखिनै स्वतन्त्र मुलुक हो भनेर नेपालीहरु गौरव गर्ने गर्दछन् । त्यही गौरवमा नेपालीहरुको भाग्य र भविष्य जोडिएको छ । बिश्वले बहादुर र वीर गोरखालीहरु भने उपमा दिएको बेलामा हामी आफ्नै भाग्य र भविष्यको खोजी गर्न छाडेर हाम्रा राजनेताहरुले बिगतदेखि अर्कोको चाकडी चाप्लुसी गर्ने चलन सुरु गरे । जसका कारण देशको भाग्य परिवर्तन गर्न खोज्ने कतिपय उदयमान नेताहरु यो वा त्यो कारणले मारिनुपरेको छ । रहस्यमय घटनाहरु भएका छन् कुनै पनि घटनाको बास्तवीकता खोजी हुन सकेको छैन् ।
हामि स्वाभिमानको नाममा अरु कतैबाट निर्देशित छौं कि भन्ने आशंका समेत अहिलेसम्म कायमै रहेको छ । नेपालीहरु गरिव छन् पक्कै हो । गरिवी सँगै शिक्षा स्वास्थ्य लगायतका बिभिन्न समस्याहरुबाट नेपालीहरु पिरोलिएका छन् । यो भन्दैमा नेपालका नदीनालाहरु, नेपालका भू भागहरु अतिक्रमण गर्ने, नेपालीहरुको भाग्य र भविष्यमाथि नै आँच आउने खालका कामहरु मात्र भएनन् । नेता र नेतृत्वको प्रतिश्पर्धा लगायतका अन्य षडयन्त्र गरेर मदन भण्डारी जस्ता नेताहरुको रहस्यमय घटनामा मृत्यु हुन्छ अनि बास्तवीकता बाहिर आउँदैन् । दरवार हत्या काण्ड हुन्छ बाहिर आउँदैन् । तत्कालिन समयमा भएका कोतपर्व काण्ड देखिका अन्य बिभिन्न घटनाक्रमहरु बाहिर आउन नसक्नु हाम्रो राष्ट्रियता र राष्ट्रको लागि चिन्ताको बिषय हो ।
आज मदन भण्डारीको सम्झना गरिएको छ बास्तवीकता खोजी गर्न सकिएको छैन् । कमजोरी कसको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार