दैलेखलाई उपेक्षा कि अवसर

सरकारले बजेट प्रस्तुत गरेका बिषयहरुमा आउने साना देखि ठूला सवै खाले टिकाटिप्पणी कुनै एउटा सरकारको बेलामा मात्र हुने टिप्पणीहरु पक्कै होईनन् । हरेक सरकारको पालामा यस्ता साना ठूला गुनासाहरु आईरहने गर्दछन् । सकारात्मक र नकारात्मक दुवै तर्फका गुनासाहरुले झनै बजेटलाई पारदर्शी र जनमुखि बनाउने तर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ ।
सरकारको बजेटमा दैलेखका लागि बिशेष पहल हुने आशामा रहेका दैलेखका नागरिकहरुले यतीवेला भिन्न भिन्न तर्क प्रस्तुत गरेका छन् । बिगत धेरै बर्षदेखि सरकारको प्रत्यक्ष नजरमा पर्न नसकेको दैलेखलाई यसपालीको बजेटले केही सम्बोधन गरेको भएपनि ठोस कार्यका लागि दैलेखको नाम नआएकोमा गुनासो हुनु स्वभाविक हो तर सरकारले दैलेखको शिरिस्थिानबाट पेट्रोलियम पदार्थको अनुसंन्धानको सुरुवात गरेर दैलेखको भाग्य भविष्य निर्माणको बाटो खोलेको देखिएको छ यसलाई अवसरको रुपमा लिनुपर्ने हुन्छ ।
जलविद्युतको राम्रो संभावना बोकेको दैलेखको बारेमा ठोस रकम नआएको गुनासो स्वभाविक हो । जिल्लाको लागि नामै उल्लेख गरेको बजेट नभेटीएकोले उपक्षा गरिएको भान नागरिकहरुलाई परेको भएपनि रातो कितावमा जिल्लाको समग्र बिकास सँगै महत्व राख्ने सडक पुर्वाधारका कुराहरु उल्लेख गर्नुपर्ने माग जिल्लाका नागरिकहरुले राखेका छन् । सरकारले पनि यसवारे गम्भिर हुनुपर्ने देखिएको छ । सुर्खेत दैलेख सदरमुकाम महावु हुदै कालिकोट– जुम्ला जोड्ने सडक निर्माणका लागि तत्काल सरकारले बजेट बिनियोजन गर्न सकेमा यो अवसर पनि हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार