एचआईभी संक्रमणलाई समाजमा जुन दृष्टिकोणले बुझिएको छ । पछिल्ला बर्षहरुमा समाजको बुझाई भन्दा निकै भिन्दै र संक्रमण हुने बित्तिकै मानिसहरुको मृत्यु नुहुने रोग भैसकेको छ । संक्रमित भएका कतिपय व्यक्तिहरु १५ औं बर्षसम्म नियमित औषधिको सेवनबाट बाँच्न सफल भएका छन् । जुन व्यक्ति समाजमा खुलेर बाहिर आउन सक्यो त्यो व्यक्ति बाँचेको छ ।
पुरुषहरु भन्दा संंक्रमित महिला र बालबालिकाहरुलाई पोषण युक्त आहारको सँधै कमि हुने र रोग सँग लड्ने क्षमतामा ह्रास आउने भएकोले समस्यामा पर्दै आएको देखिन्छ । यस्तो अवस्थामा परेका पीडितहरुलाई पोषण जरुरी आहार हो ।
असुरक्षित यौन सम्र्पकबाट भित्रिएको एचआईभी नाँसोले दैलेखका धेरै महिलाहरुलाई सताएको छ । धेरै महिलाहरुसँगै बालबालिकाहरु समेत त्यसको प्रत्यक्ष शिकार भएका छन् । धेरैले रोग पत्ता लगाउन नसकेरै अकालमा ज्यान गुमाएका छन् । धेरै जसो रोग पत्ता लागेपनि समाजमा खुलेर बाँच्न लाज मानेका कारण अकालमै मृत्युको मुखमा परेका छन् । कतिपय समाजमा खुलेर काम गर्छु भन्दापनि काम गर्ने अवसर पाउन सकेका छैनन् । बिशेष गरेर संक्रमित महिला र बालबालिकाहरुलाई यसले धेरै समस्या उत्पन्न भएको देखिएको छ ।
अधिकाँस बालबालिकाहरु उमेरअनुसारको आहार बिहार नभएर समस्यामा परेका बेला संक्रमित बालबालिकाहरु जसले आमा र बावु दुवै गुमाएका छन् त्यस बालबालिकाहरुको बारेमा सम्वन्धित निकायहरुले तत्काल कुनै कदम चाल्नुपर्ने हो कि ?








