अहिले बातावरणमा देखिएको समस्याले सवैको मन र मस्तिष्कलाई हल्लाएको छ । छिट्टै धनी हुने मोहमा लागेका बिकसित राष्ट्रहरुले गरेका बिभिन्न गतिविधिहरुका कारण मानव जीवन अनाहकमै अन्यौलमा पर्ने अवस्थामा पुगेको छ । अहिले “हाम्रा जीवजन्तु हाम्रो बाताबरण र बन संरक्षण गरौँ, लगाई तन मन र धन ” भन्ने मुल नाराका साथ विश्व बाताबरण दिवस २०१६ मनाईएको छ ।
देशभर अभियान थालिएको छ । अभियान थालिएको बेलामा एक दुई ट्रक रुखहरु रोपिएका हुन्छन् । सन्र्दभ दैलेखका बिभिन्न स्थानहरुमा गरिएका बृक्षारोपणहरुको । दैलेखमा यस्ता धेरै स्थानहरु अहिलेपनि कायमै छन् जुन स्थानहरुमा हरेक बर्ष बिरुवा रोपिएका छन् । फेरी दिवस वा बर्षातका समयमा रुखहरु रोपिन्छन् । यस्तो प्रक्रिया करिव दश बर्ष अघिदेखि चलिरहेको छ । एउटै ठाउँमा मात्र पाँचौ बर्ष सम्म रुखहरु रोपिएका छन् । गहिरो गरि अध्ययन गर्ने हो भने खाडल पनि सायद पुरानै होलान् । यसरी गरिएको बृक्षारोपण अभियानका दिनका लागि मात्रै भएको छ । यसलाई ठोस कार्यान्वयन गर्नका लागि केही नयाँपनको आवस्यकता छ । हरेक बर्ष कुनै नयाँ स्थान छनौट गरौं र घेरवार सहित बृक्षारोपण गरौं करिव पाँच बर्षमा त्यसको सामान्य प्रतिफल आओस त्यस्तो अभियान जरुरी छ । अर्कोतर्फ हामीले खनेका हरेक सडकहरुमा बिकल्पको रुपमा लगाउने रुखहरु कहाँ र कतिवटा रोपेका छौं त्यसको खोजी गरौं जिल्ला वन कार्यालयबाट हरेक बर्ष नर्शरी मार्फत कहाँ बिरुवा जान्छ र के उपलब्धि भो त्यो मात्रै खोजी गरौं बातावरण सहज होला ।








