दैलेख जिल्लाको पुर्ण सरसफाइ रणनीति पारित भैसकेको छ । रणनीति पारित पश्चात सम्बन्धित निकायहरुले आफुहरुले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी पुरा गर्नका लागि अँझै धेरै कुराहरुको चुनौती कायमै छ । जिल्लामा साना देखि ठूला सवैखाले अभियानहरु संचालन गर्दा सुरुवातीका एक दुई बर्ष खै के होला र ? भन्ने भावनाले समय व्यतित गरिन्छ । अनि तोकिएको लक्ष्य नजिकीदै गर्दा तातिने हाम्रो प्रवृतिलाई अन्त्य गर्दै सुरुवाती दिनदेखिनै गम्भिर बनेर सोच्नुपर्ने र सोही अनुसार काम थालनी गर्नुपर्ने देखिन्छ ।
जिल्ला शिक्षा कार्यालय दैलेखले पनि अहिले पुर्ण साक्षरता जिल्ला घोषणा अभियानमा जुटेको देखिएको छ । छाउपडी मुक्त लगायतका अन्य धेरै कुराहरु मुत्तका लागि जिल्लामा प्रयासहरु भैरहेका छन् । धेरै कठिनाई पश्चात दैलेखले पाएको एउटा सफलता खुलादिसामुक्त जिल्ला घोषणा हो भनिएको छ तर अँझै व्यवहारिकतामा पुर्ण प्रयोगको कुरा समस्याग्रस्त बनिरहेको छ ।
जिल्ला बिकास समिति दैलेख र स्थानीय संस्थाहरुको समायोजनमा अहिले बातावरण मैत्री अभियान सँगै पुर्ण सरसफाईका लागि अभियान संचालन गरेको देखिएको छ । यो अभियानलाई सबैले हातमा हात र साथमा साथ दिएर सम्पन्न गर्न सके सरसफाई लगायतमा देखिएका कमिका कारण मानिसहरुको अकालमै मृत्यु हुनबाट रोकिन सक्ने देखिन्छ । भोलीका सन्ततीका लागी पुर्ण सरसफाईलाई सबैले ध्यान दिनु पर्ने आजको आवश्यकता हो ।








