नेपाल सरकारका प्रमुख व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली चार जना मन्त्रीसहित सुर्खेत आएका छन् । संघियताको खाका सँगै ६ नं. प्रदेशको मुख्य द्धारा मानिएको सुर्खेतमा प्रधानमन्त्री ओलीले गरेको भाषणले आम ६ नं. प्रदेशका नागरिकहरुलाई आशा पलाएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओली सहितको टोली सुर्खेत आउने खवर पाएपछि अन्य बिभिन्न जिल्लाका नागरिकहरुले समेत निकै महत्व राखेर प्रधानमन्त्रीको भाषण सुन्न सुर्खेत पुगेका छन् । सरकारको प्रमुख व्यक्तिको आगमन र प्रमुख व्यक्तिले बोलेका कुराहरु सरकारको नीति निर्माणका लागि सहज हुने भएकोले आम ६ नं. प्रदेशका नागरिकहरुले आशा गर्नु स्वभाविक पनि हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास सँगै यो प्रदेशको शैक्षिक क्षेत्रको महत्व झल्कने कुरालाई व्यवस्थित गर्नु सरकारको दायित्व भित्र पर्दछ । २ वर्ष भित्र दुनियाले हेर्न लायक सुर्खेत बनाउने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले विकासले चिन्न लायक क्षेत्र बनाउने कुरालाई पुरा गर्नका लागि सरकारले ठोस कदम चलाउनुपर्ने पनि देखिन्छ ।
समग्र ६ नं. प्रदेशको शिक्षा, स्वास्थ्य, पर्यटन, जल, शहरी लगायतका बारेमा समग्र बिकास रणनीतिलाई अगाडी बढाएको खण्डमा मात्र सुर्खेत सहितको बिकासमा सहजता पुग्ने देखिन्छ । दैलेखका रहेको पेट्रोलियम पदार्थ र मध्यपश्चिमका खनिज, जल, जमिन र जंगलको सदुपयोग गर्न सके नेपालको आर्थिक उन्नतीमा समेत यो प्रदेशको बिकासले सहयोग गर्ने देखिएको छ । यसका लागि सरकारको ठोस नीति आवश्यक देखिन्छ ।








