बिगतका बर्षहरुको तुलना गर्नै क्रममा आजभोली देखिएका साना ठूला जस्तासुकै समस्याहरुले पनि मानव जीवनका बिभिन्न पक्षहरुलाई प्रभाव पारेको देखिन्छ । कतिपय राम्रा पक्षहरु रहेका छन् जसलाई बर्तमानमा अनुसरण गर्नुपर्ने देखिएको छ । पछिल्ला बर्षहरुको प्रगतीका कुराहरुलाई मुल्याँकन गर्ने हो भने छिटो छिटो आम्दानी गर्ने लगायतका बिभिन्न गतिविधिहरुले उत्पादन र बिकास दुवैमा गुणस्तरियता कायम हुन सकेको छैन् ।
कुनैपनि कामको सफलतामा पुग्नका लागि लनगसिलता, कडा मिहेनेत, लगाव र परिश्रमको खाँचो पर्छ भन्ने उदाहरण दिन सक्ने मानिसहरु पनि कमै मात्रामा भेटिन्छन् । यस्तै उदाहरण बनेका भवानीका शेरबहादुर बस्नेतको मेहनतको कदर गर्दै उनीसँग भएको सिप अहिलेका यूवा वर्गले सिक्नुपर्ने आवश्यकता हो ।
पुरानो सिप भएका व्यक्तिहरुको सिपलाई आधुनीक शैलीमा परिवर्तन गर्नका लागि बिभिन्न सम्बन्धित निकायहरुले समेत बेलैमा चासो दिनुपर्ने र त्यस्ता सिपहरु यूवाहरुलाई हस्तान्तरण गर्न बार्षिक कार्यक्रमहरुको आयोजना गर्नका लागि घरेलु तथा साना उद्योग लगायतका अन्य निकायहरुले समेत ध्यान दिनुपर्ने देखिन्छ ।
हराउँदै गएका यस्ता बिभिन्न पुराना सिप , कला र सँस्कृतिहरुको जगेर्ना गर्न सकेको खण्डमा मात्र हाम्रो कला र शैलीको सम्मान हुनेछ यसको लागि अहिलेका यूवा पुस्ताहरुलाई पुराना कला, सिप र सँस्कृतिको बारेमा जानकारी गराई पुस्ता सँगै सिप हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकता हो ।








