नेपाल कृषिप्रदान मुलुक भनेर परिचित छ । धेरै नेपालीहरुको मुख्य पेशा भनेको नै कृषि हो कृषिलाई व्यवसायिकीकरण गर्नु अहिलेको आवश्यकता सँगै सरकारले नीति र नियमहरु समेत परिवर्तन गरेर आत्मनिर्भरमुखि कृषि अभियान संचालनमा ल्याएको छ ।
बिगतका केही बर्षयता दैलेखमा कृषिमा आत्मनिर्भरता बढ्दै गएको छ । जिल्ला भित्रै उत्पादन भएका धेरै बस्तुहरुले जिल्लाको माग पुरा गरेको र कृषि पेशाले सामान्यतया किसानहरुको जीवनस्तर सुधारमा सहयोग पुगेको देखिन्छ ।
बिदेश गएका कतिपय यूवाहरु समेत व्यवसायिक रुपमा कृषि र पशुपालनमा लागेका छन् । सिचाँई लगायतका केही समस्याका कारण अहिलेपनि कृषि व्यवसायलाई प्रभावकारी बनाउन नसकिएको अवस्था सँगै कतिपय किसानहरुले कृषि बाटै लाखौं रकम आम्दानी गर्न सफल भएका उदाहरणहरु पनि जिल्लामा रहेका छन् ।
कृषिमा देखिएका सफलता सँगै कृषि पेशालाई आधुनिकीकरण र उत्पादनमुखि बनाउनका लागि जैवीक मल र जैवीक बिषादीको प्रयोग गर्ने अभियान समेत छिटफुट मात्रामा किसानहरुले सुरु गरेका छन्। मानव जीवनमा प्रत्यक्ष असर पार्ने बिषादीको प्रयोग घटाउँदै अर्गानिक खेतीतर्फ आर्कषण बढाउन प्रयास गरेका कृषकहरुलाई जिम्मेवार निकायहरुले झनै सहयोग गर्नुपर्ने देखिएको छ । अर्गानिक खेती अहिलेको महत्वपुर्ण बिषय भएकोले यस्तो खेतीमा लागेका कृषकहरुलाई सरकार र अन्य निकायहरुले सहयोग गर्नुपर्ने देखिन्छ ।








