जिल्लामा बिगत दश बर्षदेखि कृषि, शिक्षा, स्वास्थ्य, जनचेतना, बिभिन्न अभियानहरु यो सँगै महत्वपुर्ण बिकास गतिविधिहरुमा समेत करोडौं रकम आन्तरिक वा बाह्य निकायबाट सहयोग हुँदै आएको छ । बिभिन्न निकायहरुबाट आएका रकमहरुले मानिसको जीवनशैली सँगै आर्थिक, भौतीक, नैतिक लगायतका परिवर्तनहरुमा निकै सहयोग पुगेको देखिन्छ ।
दातृ निकायहरुले गरेको लगानी केही निश्चित समय सिमाभित्रको हुने र उक्त समयपश्चात सम्वन्धित दातृ निकायहरु स्थान छाडेर जाने गर्दछन् । यस्तो प्रकृतिका बिकास योजना र कतिपय अभियानका कामहरु अभियान सम्पन्न भएपश्चात पुनः पुरानै अवस्था बाहेक परिवर्तनका स्वरुपहरु देख्न नसकिने अवस्थामा पुगेका छन् । शैक्षिक क्षेत्रका बिभिन्न गतिविधिहरुको हालत पनि त्यस्तै देखिन्छ । अन्य बिभिन्न अभियानहरुको हालत पनि त्यस्तै देखिएको यो बर्ष निर्माण गरेको भवन अर्को बर्ष चुहिने अवस्थामा छ । यस्ता बिकासका पुर्वाधार र हाम्रो कमजोर मानसिकताका कारण क्षेणिक समयका लागि मात्र हुने अभियानहरु र बिकास निर्माणका गतिविधिहरु र अन्य बिभिन्न जनचेतनामुलक गतिविधिहरुलाई दिगो रुपमा संचालन गर्नका लागि सम्वन्धित सवै निकायहरुले यसवारे कार्यक्रम ुसुरुवात देखिनै चनाखो हुनुपर्ने देखिएको छ । कामको उपभोग गर्ने सम्वन्धित स्थानीय जनताहरु पनि आफ्नो काम र बिकासप्रति जवाफदेहित नभएका कारण संरचनाहरु दिगो हुन सकेका छैनन् यसवारे लगानी कर्ताहरु र स्थानीय दुवैको सहकार्य जरुरी देखिन्छ ।








