दैलेख –अछाम जिल्लाको समग्र विकासको ढोका खुल्यो

बर्षेनी दैलेख तथा अछाम जिल्लाका जनताहरुले बर्षातको समयमा खेप्दै आएको दुख अब समाप्त भएको छ । हरेक वर्षको वर्षातको समयमा कणार्ली नदीको “फेरी” बन्द भएपछि ६ महिना सम्म यातायातका साधनहरु चल्न नसक्ने समस्यामा रहेका दैलेख अछाम जिल्लाका नागरिकहरु पुल निर्माण भए संगै खुसीमात्र होइन दैलख –अछाम जिल्लाको समग्र विकासको ढोका खुलेको छ । पुल निर्माण संगै अछामका पुर्वी क्षेत्रका अधिकाँस गाविसहरु कर्णाली नदिमा पुल नहुँदा समस्यामा परेका स्थानिय नागरिकहरुलाई निकै राहत पुगेको छ । अन्य जिल्लाबाट सामान आर्यात तथा निर्यात गर्न सहज भएको छ । दैलेख र अछाम जोड्ने २ सय मिटर लामो पुल निर्माण भए पश्चात गाडी गुडेसंगै अछाम जिल्लाका नागरिकहरुमा खुसी मात्र होइन अछाम जिल्लाको विकासको बाटो खुलेको छ । पुल निर्माणले अछाम मात्र नभै समग्र सुदुरपश्चिम जोड्ने कर्णाली चिसापानी पछिको यो दोस्रो पुल हो । विगतमा पाँच दिन सम्म हिडेर जानुपर्ने समस्या समाधान भएसंगै, मध्यपहाडी राजमार्ग अन्तरगत पुल निर्माण पश्चात नेपालगंज, सुर्खेत र दैलेख हुँदै अछाम जाँदा पहिलाको सडकभन्दा करिव २ सय किलोमिटर सडक छोटो पर्ने भएपछि स्थानीय नागरिकहरुमा खुसी छाएको छ । पुल निर्माण संगै दैलेख अछाम जिल्लाको विकासको बाटो खुलेको छ ।
पुल निर्माण पछि यातायातको सहज पहुँच सँगै अछाम, दैलेखको सम्बन्ध बिस्तारमा सहयोग पुग्ने देखिन्छ । अछामको आर्थिक, सामाजिक, साँस्कृतिक र सामाजिक महत्वलाई पहिचान गराउन यातयातले सहज पु¥याउने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार