काबुल घटनाको तत्काल छानविन होस

अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १२ नेपालीको दुखद निधन हुन पुग्यो । यतिवेला देश शोकमा छ ।
काबुलमा मारिएका १२ नेपालीको सुरक्षामा गम्भीर सुरक्षा त्रुटि भएकै हो । नेपाली सुरक्षा गार्डको भौतिक सुरक्षामा क्यानडेली दूताबास र त्यहाँ जागिर दिलाउने कम्पनी दुबैले गम्भीर हेलचेक्र्याइँ गरेको घटनाक्रमले प्रष्ट पारेको छ । दूताबासको सुरक्षाका लागि बन्दुक बोकाएको क्यानडा सरकारले उनीहरुलाई गैरसैनिक बसमा नहिँडाएको भए उनीहरुको ज्यान जाने थिएन होला । यसमा क्यानडा सरकारले नेपाली नागरिकको सुरक्षामाथि गम्भीर हेलचेक्र्याइँ गरेको भन्ने बुझिन्छ ।
दूताबासको सुरक्षाका लागि बन्दुक बोकाएको क्यानडा सरकारले उनीहरुलाई गैरसैनिक बसमा नहिँडाएको भए उनीहरुको ज्यान जाने थिएन । र, साथमा हतियार भएको अनि सैन्य गाडीमा हिँडेका भए यी नेपालीले आफ्नो प्रतिरक्षा गर्ने सम्भावना थियो । तर, यसमा क्यानडा सरकारले नेपाली नागरिकको सुरक्षामाथि गम्भीर हेलचेक्र्याइँ गरेको स्पष्टै छ ।
काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षामा खटाइएका गैरसैनिक नेपाली नागरिहरुलाई सिभिल बसमा ओहोर–दोहोर गराउने कार्यमा जुन कम्पनी संलग्न थियो, त्यसलाई पनि नेपाल सरकारले स्पष्टीकरण लिन र कानूनको कठघरामा उभ्याउन जरुरी देखिएको छ । नेपाली गैरसैनिक नागरिक लाई बन्दुक बोक्ने काममा लगाउन उक्त कम्पनीलाई कसले इजाजत दियो ? यस बारे नेपालस्थित श्रम मन्त्रालयका अधिकारी एवं वैदेशिक रोजगार विभागलाई समेत अनुसन्धानको दायरामा ल्याउनु पर्छ । काबुल घटनामा १२ जना निर्दोष नेपालीहरुको ज्यान गुमाउने विषयलाई सरकारले छानविनको दायरामा ल्याओस । यसका लागि काबुल घटनाबारे अध्ययन गर्न एक उच्चस्तरीय समिति तत्कालै गठन गर्न जरुरी देखिन्छ ।
केपी ओलीले नेतृत्व गरेको सरकारले यतिबेला राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको चर्को कुरा गरिरहेको छ । तर, विदेशीले भाडामा लिएर बन्दूक बोकाएका कारण हत्याको शिकार हुन पुगेका यी निर्दोष नेपाली बारे यो सरकारले क्यानडासँग सोधपुछ गर्नुपर्ने देखिएको छ । घटनास्थल र दूतावाससम्म नेपालबाट टोली पठाएर स्थलगत अध्ययन गरि दोषीमाथी तत्काल कार्बाही गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार