वर्षात संगै आउने सक्ने वाढी पहिरोको कारण लाखौको धनजनको क्षती संगै प्राकृतिक सम्पदाहरुको समेत विनास हुने गरेको विगतको दिनहरुका भोग्दै आइरहेको छौ ।
विपत व्यवस्थापनको लागि सरकारी तथा गैरसरकारी कार्यालयहरु बाट लाखौको खर्च पनि भइरहेको छ । प्राकृतिक प्रकोप लाई हामीले रोक्न त सक्दैनौ तर त्यसबाट हुन सक्ने क्षती लाई कम गर्नको लागि हाम्रो प्रयास आवश्यक छ । वर्षात सुरु भए संगै वाढी पहिरोको कारण देशका विभिन्न भुभागहरुमा लाखौ धन जनको क्षती भएको समाचार हामीले सुन्न र देखिसकेका छौ ।
दैलेख जस्तो पहाडी जिल्लामा भिर पाखा बाट आउन सक्ने पहिरो लाई कम गर्नको लागी हामी सतर्क भएर लाग्नु पर्ने बेला आएको छ । कतिपय स्थाहरुमा खाद्यन्न उत्पादनका हिसावले महत्वपूर्ण स्थानहरु जहाँ खोला नजिकको उत्पादन बढी हुने खेतहरुमा वर्षातको समयमा आउन सक्ने बाढीबाट जोगाउनको लागि त्यस्ता स्थानहरुमा तार जालीको आवश्यक पहल गरि त्यस्ता समस्याबाट बच्नको लागि पुर्व सावधानी अपनाउन सकेको खण्डमा प्राकृतिक विपतीबाट हुन सक्ने क्षती लाई कम गर्न सकिन्छ ।
सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्राकृतिक प्रकोप न्युनिकरणको लागि छुट्याइएको बजेटलाई जोखिम युक्त स्थानमा सहि सदुपयोग गर्न सकेको खण्डमा जोखिम न्युनिकरण हुने देखिन्छ । यस्ता समस्याहरुलाई कम गर्नको लागि हामी सबैले वाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षतीको न्युनिकरणका लागि पुर्व तयारी गर्नुपर्ने देखिएको छ ।








