लोकतान्त्रिक पद्धती अंगालेको र लोकतन्त्रलाई पुर्ण रुपमा विश्वास गर्ने देशहरुका लागि सरकार परिवर्तन बहुमत र अल्पमत निकै सामान्य कुरा हुन् ।
बहुमत गुमाएपछि पुनः अर्को सरकारको गठन प्रक्रिया स्वभाविक हो तर कही नभएको जात्रा देखाएर माओबादी केन्द्रका अध्यक्षले पछिल्लो राजनीतिक जटिलता ल्याउन खोजेको बेलामा समेत निकै सरल भाषामा प्रधानमन्त्री केपी ओली ले सरलिकृत गरिदिएपछि यतीवेला माओवादीलाई प्रयोग गरेर देशमा पुनः समस्या ल्याउन खोज्ने केही शक्तिहरु आफै आपतमा परेका छन् ।
नेपालमा थाहा नभएको कुरा एकाएक भारतका संचार माध्यामलाई थाहा हुने बिषयहरु मात्र होइनन् नेपाल धेरै बर्षदेखि प्रयोगसालाको रुपमा प्रयोग हुँदै आएको कुरा अहिले पुष्टि भएका छन् ।
आफैले बनाएको सरकारमा बीना कुनै कारण अविश्वासको प्रस्ताव ल्याएर माओवदी केन्द्रले क्षणिक राजनीतिक स्वार्थ पुरा गर्ने अभियान कसैको इशारामा थालनी गरेको भएपनि अहिलेका नेपाली जनताहरु धेरै बहादुर भैसकेका छन् । तत्कालिन द्धन्द्धमा गैरन्यायीक रुपमा हत्या, अपहरण र बलात्कार गर्नेहरुलाई माफी दिनुपर्ने भन्ने नाउँमा बखेडा झिकेर हतारमा गरिएको सरकार परिवर्तनको निर्णयले केपी ओलीको सरकारमा समस्या आएपनि दिर्घकालिन रुपमा नेपाल र नेपालीहरुका लागि यो कुराले धरै फाईदा पुग्ने देखिएको छ । सहमतीको सरकार संचालन गर्दा मन नपरेका बिषयहरुका बारेमा सर्मथन फिर्ता लिन मिल्ने कुरामा कसैको दुवीदा हैन तर आफैले बनाएको आश्रित बिधेयक समेत पास गर्न नदिएर माओवादी केन्द्रले आफ्नो राजनीतिक भविष्य आफै अन्धकारमा पारेको छ । यसको जवाफ जनताहरुले आगामी निर्वाचन दिने पक्का देखिन्छ ।








